केटले पानीमुनी ७ मिनेट श्वास रोक्दा... | Khabarhub Khabarhub

केटले पानीमुनी ७ मिनेट श्वास रोक्दा…


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– निर्देशक जेम्स क्यामरुनको बहुप्रतिक्षित फिल्म ‘अवतार २’का लागि अभिनेत्री केट विन्सलेटले सात मिनेटको अन्डरवाटर सिक्वेन्स दिएकी छन् । यो दृश्य खिचिरहँदा उनले आफू मर्न लागेको अनुभव गरेको खुलासा गरेकी छन् ।

अब्जर्भर म्यागेजिनका लागि उनले दिएको अन्तरवार्तामा आफ्नो डर खुलाएकी हुन् । ‘यो दृश्य निकै सानदार थियो । दिमाग नियन्त्रणमा थिएन । तपाईं त्यो समयमा अरु केही सोच्न सक्नुहुन्न थियो । चारैतिर पानीका बुलबुल थिए । जब म बाहिर आएँ, त्यो बेला मेरो पहिलो बोली ‘के म मरें ?’ भन्ने थियो । किनकी त्यो दृश्य खिचिरहँदा मैले सायदमै म मरिसकें भन्ने सोचेको थिएँ’,

जीन्यूजका अनुसार फिल्ममा केटले रोनलको भूमिका निर्वाह गरेकी छन् । यो भूमिकाका लागि उनका पति नेक रोकनरोलले उनलाई डाइभिङ गर्न सिकाएका थिए ।

‘तपाईंलाई कसैको साथ चाहिएको थियो । नेकले मलाई तालिम दिए । नेक श्वास रोक्न खप्पिस छन् । तर यो चक्करमा केही समयका लागि होस गुमाउनु परेको थियो’, उनले भनेकी छन् ।

उनले फिल्ममा आफ्नो भूमिकाका लागि फ्री–डाइभ सिकेकी थिइन् । उनले ७ मिनेट १४ सेकेण्डसम्म श्वास रोकेकी थिइन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ४ : ०५ बजे

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले