रवि लामिछानले ल्याए नेपालमा पहिलो 'फोर के' टेलिभिजन | Khabarhub Khabarhub

रवि लामिछानले ल्याए नेपालमा पहिलो ‘फोर के’ टेलिभिजन


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारकर्मी रवि लामिछानेलगायतका टिमले ‘ग्यालेक्सी फोर के’ नामक नेपालमा पहिलो पटक ‘फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन् ।

मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी लामिछानेको टिमले नयाँ टेलिभिजन सञ्चालनको सुरुवात गरेको हो ।

लामिछाने यो मिडियाको प्रबन्ध निर्देशक हुन् । उनले फोर के टेलिभिजन नेपालमा पहिलो भएको दावी गरे ।
जनताको आवाजलाई र मनोरञ्जनलाई यो टेलिभिजनले प्राथमिकता दिने लामिछनेले बताए ।

यो टेलिभिजनले फ्रेन्चाइज शोहरु ‘को बन्छ करोडपति’ तथा ‘क्राइम पेट्रोल नेपाल’ का साथै रामायणको नेपाली संस्करणसमेत प्रशारण गर्ने घोषणा गरेको छ ।

को बन्छ करोपतिको दोस्रो संस्करणको शो पनि महानायक राजेश हमालले सञ्चालन गर्ने छन् ।

गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालनमा ल्याएको हो ।

गोर्खा मिडियाको अध्यक्षमा जीबी राई र उपाध्यक्ष छवीलाल बन्जाडे छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ५० बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको