गीताको सुन्दरताको बयान गर्दा अमिताभको आलोचना | Khabarhub Khabarhub

गीताको सुन्दरताको बयान गर्दा अमिताभको आलोचना


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ‘यति सुन्दर यिनको, इकोनोमीसँग कोही जोडिनै सक्दैनन्’, बलिउड अभिनेता अमिताभ बच्चनको यो प्रतिक्रिया अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रमुख अर्थशास्त्री र भारतीय मूलकी गीता गोपीनाथका बारेमा थियो ।

अमिताभले यो प्रतिक्रिया त्यो बेला दिए जब टेलिभिजन शो ‘कौन बनेगा करोडपति’मा उनले एक महिला प्रतियोगी गीता गोपीनाथसँग सम्बन्धित प्रश्न सोधेका थिए ।

अमिताभले स्क्रिनमा गीता गोपीनाथलाई देखाउँदै महिला प्रतियोगीसँग भने, ‘यिनको सुन्दर अनुहार यिनको इकोनोमीसँग कोही जोडिँदैन ।’

अहिले सामाजिक सन्जालमा अमिताभको यो क्लिप भाइरल भइरहेको छ । गीता केबीसीमा आफूसँग सम्बन्धित प्रश्न र अमिताभको टिप्पणी सुनेर खुशी छिन् ।

उनले यो भिडियो क्लीप ट्वीट गर्दै ‘हुन्छ..मलाई लाग्छ कि म कहिले यो बिर्सन्छु । शताब्दीका महानायक बिग बीको जबरदस्त प्रशंसक हुनाले यो मेरा लागि विशेष हो’ लेखेकी छन् ।

गीताले अमिताभको तारिफ गरे पनि सामाजिक सन्जालमा अमिताभको प्रतिक्रियालाई ‘कामूक’ भनेका छन् ।

सामाजिक सन्जालमा नमिताले ‘मलाई ब्यूट विथ ब्रेनवाला कमेन्ट मनपरेको छैन । अमिताभ बच्चनले यो कमेन्टमार्फत राम्रा महिला अर्थशास्त्री हुन सक्दैनन् भन्ने मूर्खतापूर्ण व्यवहार देखाएका छन्’ भन्दै प्रतिक्रिया दिएकी छन् ।

सामाजिक सन्जालमा अमिताभको टिप्पणीलाई आपत्तिजनक नभनीकन गीताको तारिफ पनि गरेका छन् ।

को हुन् गीता गोपीनाथ ?

सन् २०१८ मा हार्वर्ड विश्वविद्यालयमा भारती मूलकी प्रोफेसर रहेकी गीतालाई अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रमुख अर्थशास्त्री नियुक्त गरिएको थियो ।

उनी विश्वविद्यालयमा इन्टरनेशनल स्टडीज अफ इकोनोमिक्समा प्राध्यापक थिइन् । उनले इन्टरनेसनल फाइनान्स र मेक्रोइकोनोमिक्समा अनुसन्धान गरेकी थिइन् ।

केरल सरकारको भूमिका

केरल सरकारले गीतालाई गत वर्ष राज्यको वित्तीय सल्लाहकारमा नियुत्त गरेको थियो । उनको जन्म केरलमै भएको थियो ।

केरलका मुख्यमन्त्री पिनाराई विजयनले गीतालाई नियुक्त गर्दा उनको पार्टीका केही मान्छे निराश भएका थिए । त्यो समयमा गीताले यो पद पाउँदा आफू सम्मानित महशुस गरेको बताएकी थिइन् ।

गीता अमेरिकन इकोनोमिक्स रिभ्यूकी सहसम्पादक र नेशनल ब्यूरो अफ इकोनोमिक रिसर्चमा इन्टरनेसनल फाइनान्स एण्ड मेक्रोइकोनोमिकको सहनिर्देशक पनि हुन् ।

उनले व्यापार र निवेश, अन्तर्राष्ट्रिय वित्तिय संकट, मुद्रा नीति, ऋण र ऋणात्मक बजारको समस्यामा करिब ४० अनुसन्धान लेख लेखेकी छन् ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १० : ०५ बजे

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा