पदीय लोभकै कारण 'दाहाल–नेपाल' समूहले मुलुकलाई संकटतर्फ धकेले : मन्त्री साह | Khabarhub Khabarhub

पदीय लोभकै कारण ‘दाहाल–नेपाल’ समूहले मुलुकलाई संकटतर्फ धकेले : मन्त्री साह


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले ‘दाहाल–नेपाल’ समूहको पदीय लोभकै कारण मुलुकमा संकट निम्तिएको आरोप लगाएका छन ।

शनिबार रौतहट सदरमुकाम गौरमा नेकपा क्षेत्रीय कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै नेता साहले दाहाल-नेापल समूहले अध्यक्ष र प्रधानमन्त्री पदका लागि पार्टीमाथि नै अन्तर्घात गरी देशलाई संकटतर्फ धकेलेको आरोप लगाएका हुन।

‘कसैलाई उधारो हैन नगदी अध्यक्ष पदको ख्वाबमा, कोही प्रधानमन्त्री पदको स्वार्थमा अन्तर्घातमाथि अन्तर्घात गर्दै देशमा संकट निम्त्याए। यी अस्थिरतावादीहरुबाट देशलाई जोगाउन चुनाव घोषणा गरिएको हो,’ नेता साहले भने, ‘आगामी वैशाख १७ र २७ गते हुने चुनावबाट यस्ता अन्तर्घातीलाई निस्तेज गर्नुपर्छ। कमरेडहरु चुनावको तयारीमा लाग्नुस्।’

नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले चुनाव तोकिएकै मितिमा हुने दाबी गर्दै नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न आग्रह गरे ।

चुनावबाट आफ्नो पत्तासाफ हुने डरले दाहाल-नेपाल समूह आत्तिएर निर्वाचन आयोग र स्वतन्त्र न्यायालयमाथि दबाब दिन षड्यन्त्र गरिरहेको समेत आरोप लगाए ।

ताजा जनादेशमार्फत देशलाई अग्रगमनतर्फ लैजान वर्तमान सरकारले जुनसुकै हालतमा चुनाव गर्ने बताए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ९ : ०५ बजे

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा