काठमाडौँ– एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित नेपालकै पहिलो भर्चूअल सिङ्गीङ रियालीटी शो ‘हल अफ फेम सिजन २’ को चौथो एपिसोडमा ११ जनाले आफ्नो प्रस्तुति दिएका छन् ।
नेपाली समय अनुसार ८ बजे हिमालय टेलिभिजन र एमएनटीभी अष्ट्रेलियाका प्लाटफर्महरुमा प्रसारण भएको हो ।
कार्यक्रममा अष्ट्रेलियाबाट एक सानो प्रतिस्पर्धी र बाँकी १० जनाले नेपालबाट सहभागिता जनाएका हुन ।
मनिगमर शेर्पा, समिर लिम्बु, सुदिक्क्षा तामाङ, सुदिप जैरु, सुप्रिया पौडेल, सुरेन लिम्बु, सूस्थ खड्का, टेस्वाङ शेर्पा, उसहन अधिकारी, रोनिस श्रेष्ठ नेपालबाट र आँचल वस्याल, अष्ट्रेलियाबाट प्रतिस्पर्धामा छन् ।
वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका विवेक श्रेष्ठ र रेजिना रिमाल भर्चुअल माध्यमबाट निर्णायकको भूमिकामा छन् ।
पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ कार्यक्रमको सञ्चालिकाको रुपमा रहेकी छिन ।
प्रतिक्रिया