'प्रचण्ड–माधव'प्रति मुख्यमन्त्री पोखरेलको ब्यंग्य : हल्लिएका दाँत फुक्लिएपछि नयाँ पलाउँछ | Khabarhub Khabarhub

‘प्रचण्ड–माधव’प्रति मुख्यमन्त्री पोखरेलको ब्यंग्य : हल्लिएका दाँत फुक्लिएपछि नयाँ पलाउँछ


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड र माधव नेपालले पदीय स्वार्थकै कारण पार्टी विभाजन गरेको आरोप लगाएका छन्।

उनले ‘प्रचण्ड-माधव’ समूहप्रति लक्षित गर्दै हल्लिएको दाँतको संज्ञा दिए । उनले भने, ‘हल्लिएका दाँत फुक्लिएपछि नयाँ पलाउँछ ।’

उनले व्यक्तिका लागि नभई अब राष्ट्रका निम्ती पार्टी एकता प्रक्रिया अगाडि बढ्ने पनि उनले बताए।

शनिबार तानसेनमा भएको ओली पक्षीय नेकपाको अगुवा कार्यकर्ता भेला र जिल्ला युवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्।

प्रचण्ड र माधव नेपालले एकताभित्र गुटबाद जन्माएपछि पार्टीको अवस्था यो हालतमा पुगेको पोखरेलले दाबी गरे।

ओलीपक्षीय नेतासमेत रहेका उनले राष्ट्रलाई नभई आफूलाई हेरेर एकता गरेका कारण मुलुकको राष्ट्रिय राजनीति संकटउन्मुख भएको बताए।

प्रधानमन्त्री ओलीले नेकपाको कार्यकारी अध्यक्ष पदबाट प्रचण्डलाई नहटाएको उनले बताए। ‘अझै पनि प्रचण्ड अध्यक्ष नै हुनुहुन्छ’, उनले भने, ‘गल्ती स्वीकार गरेर माफी मागे पदअनुसार कार्यकारी अधिकार पाउनुहुन्छ।’

 

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ८ : २३ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा