रक्तश्राव नरोकिएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

रक्तश्राव नरोकिएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलाबाट एक सुत्केरीको उद्धार गरिएको छ । अत्यधिक रक्तश्राव नरोकिएपछि व्यास गाउँपालिका–५ का २८ वर्षीया शोभा विष्टको उद्धार गरिएको हो ।

जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि ती महिलालाई हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

उनलाई उपचारका लागि सुर्खेत अस्पताल लगिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरीको उद्धार गरिएको हो । कार्यक्रमअन्तर्गत यसअघि पनि जिल्लाबाट सुत्केरीको उद्धार गरेर जीवनरक्षा गरिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ४५ बजे

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज असार १५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन २९,

व्यक्तिवादी सोचबाट मुक्त हुन प्रवक्ता महतको आग्रह

नुवाकोट– नेपाली कांग्रेसमा प्रवक्ता डा प्रकाशशरण महतले पार्टीभित्र व्यक्तिवादी सोचले

मानो रोपेर मुरी फलाउने धान रोपाइँका ७ तस्बिर

काठमाडौँ : असार १५ को दिन विभिन्न ठाउँमा धान रोपाइँ

सर्वोच्चद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खुला (पूर्णपाठ)

काठमाडौँ- सर्वोच्च अदालतले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो

एनआईसी एशिया बैंकले ल्यायाे ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ 

काठमाडौँ– देशको दूरदराजमा रहेका ग्राहकहरूमाझ सहज, सबल, गतिशील, विश्वसनीय र