प्रधानमन्त्री कप क्रिकेट : तेस्रो जितसँगै एपीएफ सेमिफाइनलमा | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : तेस्रो जितसँगै एपीएफ सेमिफाइनलमा


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा जित हात पार्दै विभागीय टोली एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफ समूहको अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको हो । लगातार तीन खेल जित्दै त्रिभुवन आर्मी यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

आर्मी र एपीएफको समान ६ अंक भए पनि नेट रनेटका आधारमा एपीएफ शीर्ष स्थानमा छ ।

पराजित कर्णाली भने समूह चरणबाटै बाहिरिएको छ । यसअघि नै प्रदेश १ र गण्डकी प्रदेश यस समूहबाट बाहिरिसकेका छन् । तीनवटै टिमले समूहमा समान १ खेल जित्दा ३ खेल हारेका थिए । अब आर्मी र एपीएफबीच सोमबार हुने खेलबाट समूह ए को विजेता र उपविजेता टुङ्गो लाग्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २१९ रनको लक्ष्य पछ्याएको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाउन सकेको थियो ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ५ : ३४ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार