लालुप्रसाद यादवको स्वास्थ्य अवस्था गम्भीर, एम्स अस्पतालमा सार्ने तयारी | Khabarhub Khabarhub

लालुप्रसाद यादवको स्वास्थ्य अवस्था गम्भीर, एम्स अस्पतालमा सार्ने तयारी


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राँचीको रिम्स अस्पतालमा उपचार गराइरहेका बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको अवस्था गम्भीर भएको छ ।

लालुका छोरा तेजस्वीका अनुसार लालुको फोक्सोमा पानी जमेको छ । उनको अनुहार निकै सुन्निएको छ । लालुको गम्भीर स्थितिका कारण उनलाई दिल्लीको एम्स अस्पताल सार्ने तयारी गरिएको छ । यही सिलसिलामा लालुका छोराहरु तेजस्वी र तेजप्रतापले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनसँग छलफल गरेका छन् ।

पछिल्लो जानकारीअनुसार लालुको स्वास्थ्य लगातार बिग्रिइरहेको छ । डाक्टरको बोर्डले रिपोर्ट दिनासाथ जेल प्रशासनले उनलाई दिल्ली सार्न अदालतबाट स्वीकृति लिनेछ ।

लालु चारा घोटाला अभियोगमा जेलमा थिए । राँचीको जेलमा रहेका उनलाई जेलबाटै रिम्स अस्पताल ल्याइएको थियो । छोरा तेजस्वीका अनुसार लालुको मुटुको सर्जरी यसअघि नै गरिएको थियो । उनको मृगौलाले पनि २५ प्रतिशत मात्रै काम गरिरहेको छ ।

तेजस्वीका अनुसार लालुलाई निमोनिया भएको छ । बिहीबार लालुलाई सास फेर्न समस्या भएको थियो । जाँचमा लालुलाई निमोनिया भएको थाहा भएको हो ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ३ : ३९ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको