बालुवाटार जग्गा प्रकरण : मुख्य आरोपी रामकुमार सुवेदी पक्राउ | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरण : मुख्य आरोपी रामकुमार सुवेदी पक्राउ


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य आरोपित  रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ परेका छन् ।

मंगलबार राति स्यम्भूबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा प्रकिया अघि बढाएको छ ।

सरकारी कागजात कीर्ते उजुरीमा उनीहरूलाई अनुसन्धानका लागि म्याद थपको प्रकिया अघि बढाइएको सीआईबी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । यसबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

सुवेदीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । त्यसलगत्तै उनी फरार थिए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  २ : ०९ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको