कांग्रेस महाधिवेशन : अन्तिम परिणाम आज साँझसम्म आउने « Khabarhub

कांग्रेस महाधिवेशन : अन्तिम परिणाम आज साँझसम्म आउने


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत २७ मंसिरमा भएको निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भइसकेको छ ।

यो समाचार तयार पार्दासम्म १२६ पदको नतिजा सार्वजनिक भइसकेको छ। अन्य तीन क्लस्टरको अन्तिम नतिजा साँझसम्म सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

यो परिणामले देउवा प्यानलबाट दुई तिहाइभन्दा बढी उम्मेदवारहरुको केन्द्रीय समितिमा निर्वाचित भएका छन् । पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा देउवा प्यानलको वर्चश्व देखिएको छ ।

कांग्रेसमा १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो । महाधिवेशनको उद्घाटन २४ मंसिरमा भएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : ३२ बजे

वीरगञ्ज मेयरमा सिंहको मतान्तर १९ हजार बढी

पर्सा – वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३८

सुन्दरहरैँचा मेयरमा एमालेका गुरागाईं, उपमेयरमा चौधरी विजयी

विराटनगर – मोरङको सुन्दरहरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ

व्यास नगरपालिकाको मेयरमा दोहोरिए कांग्रेसका न्यौपाने

तनहुँ – तनहुँको व्यास नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ

शिवसताक्षीमा मेयर र उपमेयर एमालेले जित्यो

झापा – शिवसताक्षी नगरपालिकाको मेयरमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६

एसी मिलानले जित्यो सिरी ‘ए’ को उपाधि

काठमाडौँ – अन्तिम खेलमा सासोउलोलाई ३-० अन्तरले पराजित गर्दै एसी