कांग्रेस महाधिवेशन : तनहुँबाट जो सर्वसम्मत भए | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : तनहुँबाट जो सर्वसम्मत भए


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेस तनहुँको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अगावै केही पदमा भने निर्विरोध नेतृत्व चयन भइसकेको छ । आइतबार उम्मेदवारी दर्ताको बेलामै केही पदाधिकारी निर्वारोध चयन भएका छन् । आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरू निर्वारोध निर्वाचित भएका हुन् ।

क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिको महिला सदस्य खस आर्यमा कल्पना भकुण्डी, दलित सदस्यमा लक्ष्मी परियार, मुस्लिम, अल्पसंख्यक, अपांग सदस्यमा प्रकाश राउत सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश सभा (क) महिला सदस्यमा मधु दमाई, अन्य सदस्यमा पविन्द्र भट्टराई, जमिर हुसेन, प्रदेश सभा (ख) महिला सदस्यमा इन्द्रमाया थापा मगर, अन्य सदस्यमा गोविन्द गिरी र रामभक्त भट्टराई सर्वसम्मत भएका हुन् ।

महाधिवेशन प्रतिनिधिमा खस आर्य महिलामा पवित्रादेवी पौडेल सर्वसम्मत भएकी छन् । उनी जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पनि हुन् । यीबाहेक अरु पदमा मतदान जारी छ । क्षेत्र नम्बर १ मा ९५४ जना मतदाता छन् ।

क्षेत्र नम्बर २ मा सदस्यमा प्रत्यक्ष महिलातर्फ कुमारी राना, मुस्लिम, अल्पसंख्यक तथा अपांगतर्फ सौरभ कोइराला सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै, प्रदेश सभा (ख) महिला सदस्यमा याममाया थापा, अन्य सदस्यमा रामबहादुर राना र बुद्धीमान राना निर्विरोध भएका छन् । यो क्षेत्रमा ८६१ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ६ : ०० बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस