सफल बन्न चाहनुहुन्छ ? चाणक्यका यी ५ निति अपनाउनुहोस् | Khabarhub Khabarhub

सफल बन्न चाहनुहुन्छ ? चाणक्यका यी ५ निति अपनाउनुहोस्


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवनमा सफल हुन सबै चाहन्छन् तर सफलता पाउने कम हुन्छन् । यसका पछि कैयौँ कारण छन् । यदि लगातारको प्रयास र मेहनतका बाबजुद पनि सफलता हात परिरहेको छैन भने यसको कारण थाहा पाउन आवश्यक हुन्छ ।

आचार्य चाणक्यले सफलता पाउने केही महत्त्वपूर्ण सूत्र बताएका छन् । चाणक्यले सफल हुन र समस्याबाट बच्दै राम्रो जीवन जिउन केही यस्ता विषयको जानकारी दिएका छन् जो धेरैका लागि उपयोगी हुन सक्छन् ।

क) असफल व्यक्तिबाट सल्लाह लिने

यदि लगातारको मेहनतका बाबजुद पनि सफलता मिलिरहेको छैन भने र असफल हुनबाट बच्न चाहनु हुन्छ भने यस्ता व्यक्तिसँग सल्लाह लिनुपर्छ। यसबाट सफलता पाउन गरीने काममा पाइने असफलता र अवरोधबारे जानकारी पाइन्छ ।

ख) सफल व्यक्तिको अनुभव सुन्ने

सफलता पाउनका लागि ती व्यक्तिसँग भेट गर्न र उनीहरूको अनुभव सुन्न आवश्यक छ । यसले लक्ष्यसम्म पुग्ने रणनीति तयार पार्न मद्दत मिल्दछ । तर उनीहरूले जस्तै काम गरेर सफलता पाउने कोसिस भने गर्नु हुँदैन । यो सबै बेला उपयोगी नहुन सक्छ ।

घ) आफ्नो विवेक र सुझबुझको प्रयोग

असफल र सफल व्यक्तिसँगको अनुभव र सल्लाहपछि हमेसा आफ्नो विवेक र सुझबुझको प्रयोग गरेर निर्णय लिनु पर्दछ । यसका लागि पर्याप्त विश्लेषण, सोचविचार र रणनीति तयार गर्न आवश्यक हुन्छ ।

ङ) सकारात्मक बन्ने

कुनै पनि काममा सफलता पाउन सबैभन्दा पहिले सकारात्मक हुन आवश्यक छ । आफ्नो मेहनत र समय खर्चेको बेला मनमा नकारात्मकताले ठाउँ बनायो भने सफलता नपाउँदै मानिस निराश बन्न पुग्दछ र बिचमै काम छाड्न सक्छ ।

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ३६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द