साम्राज्ञीको ‘माया पिरेम’ टिकटक बनाउनेलाई १ लाख पुरस्कार | Khabarhub Khabarhub

साम्राज्ञीको ‘माया पिरेम’ टिकटक बनाउनेलाई १ लाख पुरस्कार


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको गीत ‘माया पिरेम’ मा टिकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार दिइने भएको छ । निर्माण पक्षका अनुसार हालसम्म २० लाखभन्दा बढी दर्शक पाएको यो गीतका क्लिपहरु ट्री इन्टरटेन्मेन्ट नामक टीकटक एकाउन्टमा राखिएको छ । आयोजकले कात्तिक २२ गतेसम्म टीकटक बनाउन सकिने समयावधि निर्धारण गरेको छ ।

प्रतियोगिताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । यस्तै, दोश्रो हुनेले ५० हजार, तेश्रो हुनेले ३५ हजार, चौथो हुनेले २५ हजार, पाँचौ हुनेले २० हजार, छैटौ हुनेले १५ हजार, सातौ हुनेले १२ हजार, आठौ हुनेले १० हजार, नवौं हुनेले ८ हजार र दशौं हुनेले ६ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

माइकल चन्दले निर्देशन गरेको गीतको भिडियोमा देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको साथमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल अलिसा शर्माको अभिनय छ ।

डीपी खनालको शब्द, शंकर स्माइलको संगीत रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : ३८ बजे

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा