‘रामायण’का ‘निषाद राज’को निधन | Khabarhub Khabarhub

‘रामायण’का ‘निषाद राज’को निधन


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– रामानन्द सागरको चर्चित पौराणिक टेलिफिल्म ‘रामायण’मा श्रीरामका मित्र निषाद राजको भूमिका निभाउने कलाकार चन्द्रकान्त पण्ड्याको निधन भएको छ । ७२ सालका चन्द्रकान्त गुजरातको बनासकाण्ठा जिल्लाको भीलडी गाउँमा बस्थे ।

चन्द्रकान्तको निधनमा ‘रामायण’मा सीताको भूमिका निभाएकी अभिनेत्री दीपिका चिखलियाले दुःख व्यक्त गरेकी छन् । उनले इन्स्टाग्राम स्टोरीमा दिवंगत अभिनेता चन्द्रकान्तको तस्वीर शेयर गर्दै श्रद्धाञ्जली दिँदै ‘तपाईंको आत्माले शान्ति पाओस् चन्द्रकान्त पण्ड्या, रामायणको निषाद राज’ भनी लेखेकी छन् ।

चन्द्रकान्तले ‘प्रेम लग्न’, ‘प्यार हो गया’, ‘परिवार ना पंख’ र ‘होते होते प्यार होगा’लगायतका फिल्ममा अभिनय गरेका थिए ।

उनी बलिउडका दिग्गज अभिनेता अमजद खानका मिल्ने साथी थिए । दुवैले सँगै कलेजको पढाई पुरा गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : ५५ बजे

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या