हिरो मोटोकर्पको माएस्ट्रो एज ११० सार्वजनिक | Khabarhub Khabarhub

हिरो मोटोकर्पको माएस्ट्रो एज ११० सार्वजनिक


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिरो मोटोकर्पले नेपाली बजारमा नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ ।

कनेक्ट सम्पर्क सञ्जालयुक्त स्टाइलिस माएस्ट्रो एज ११० विशेषगरी नेपाली ग्राहकका लागि उपयुक्त डिजाइन भएको दाबी कम्पनीको छ । नयाँ माएस्ट्रो एज ११० मा यस वर्गकै पहिलो फस्ट इन सेग्मेन्ट एलइडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, आईथ्रीएस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न–बाइ–टर्न नेभिगेसनसहित नयाँ सार्पर डिजाइन छ । माएस्ट्रो एजको नेपाली बजार मूल्य २ लाख १५ हजार पर्छ ।

‘ग्राहकलाई केन्द्रबिन्दुमा राखेर नेपालमा नवीनतम प्रविधि र डिजाइनसहितका सान्दर्भिक उत्पादन उपलब्ध गराउन प्रतिबद्ध छौं । नयाँ माएस्ट्रो एज ११० ले युवालाई उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिज्ञासँग मेल राख्छ,’ हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले भने ।

नेपालमा हिरो मोटोकर्पको वितरक नेपाल जनरल मार्केटिङले ७५ डिलर, ८७ सर्भिस सेन्टर र ९० स्पेयर पार्ट आउटलेटसहित देशभरका ९० वटा बिक्री केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । नेपालमा हाल एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्सट्रीम १६० आर, एक्सपल्स २००, एक्सपल्स २०० टी मोटरसाइकल एवं प्लेजरप्लस प्लेटिनम, माएस्ट्रो एज ११० र डेस्टिनी १२५ स्कुटर बिक्री हुँदै आएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : ५० बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक