एमाले स्थायी कमिटी बैठक आज पनि, १०बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने | Khabarhub Khabarhub

एमाले स्थायी कमिटी बैठक आज पनि, १०बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शुक्रबार पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ ।

हिजो बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा तय दसौँ राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको थियो । जसका लागि रामबहादुर थापा ‘बादल’को नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।

एमालेले भोलि शनिबार देशैभरिका वडाहरूमा पार्टीको अधिवेशन गर्दैछ । तर, यसैसाता आएको बाढी-पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सारिने भएको छ ।

शनिबार वडा अधिवेशन सुरु हुने कार्यतालिका रहेका बेला स्थायी कमिटी बैठक बस्न लागेको हो । तर, बाढीपहिरोको चपेटामा परेका वडाको अधिवेशन सारिने भएको हो ।

१० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने

आजको बैठकमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्नेछ। उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिसकेको छ । यो कार्यदलको बैठक बिहीबार पनि बसेको थियो ।

रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।

माधव नेपालको साथ छाडेर एमालेमै बसेका १० नेताले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए पनि एमाले प्रवक्ता प्रदीप ज्ञवाली भने अस्वीकार गर्छन्। उनले एमालेले १० बुँदे सहमति ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको दाबी गरे ।

बिहीबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केही ठाउँमा देखिएको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको दाबी गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : ०६ बजे

हामी जातीय राजनीति गर्दैनौँ, बहुपहिचानको पक्षमा छौँ : सभापति लामिछाने 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र