लकडाउनमा लेखिएको र्यापर बिजेनको ‘मरे पछि’ | Khabarhub Khabarhub

लकडाउनमा लेखिएको र्यापर बिजेनको ‘मरे पछि’


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड महामारीपछिको दोस्रो चरणको निषेधाज्ञामा र्यापर बिजेन घरमा रमाउन सकेका थिएनन् । निषेधाज्ञाको फुर्सदको समयमा केही न केही काम गर्नुपर्छ भनेर उनले ‘मरे पछि’ बोलको गीत लेखे । त्यही गीतलाई उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

‘हस त नमस्ते’, ‘लोकल सोकल’, ‘गाउँकी नानी’, ‘लिम्बु हो कि नेवार’ जस्ता गीतका गायक बिजेनले डेब्यू एलबम ‘बिजेन’मा रहेको गीत ‘मरे पछि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

‘दोस्रो लकडाउन पछि म रमाउन सकेको थिइनँ । त्यसकारण त्यो समयमा केही काम गर्नुपर्छ भनेर मैले बिहान ४ बजेर ३० मिनेटमा जाँदा यो गीत ‘मरे पछि’ लेखें’, उनले भनेका छन् ।

बिजेनका अनुसार गीतले व्यक्ति र उसको वरपर रहेको सम्बन्धको बारेमा बोलेको छ । जीवनमा स्थायी केही नभएका कारण मानिसले अनुशासनमा रहेर खुशी जीवन बिताउन सक्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ ।

पीभीइ नेटवर्कले व्यवस्थापन गरिरहेको बिजेनको यो एलबम सन् २०२१ भित्रै रिलिज गर्ने तयारी गरिएको छ । उनी एलबमको प्रवद्र्धनका लागि नेपाल टुरमा निस्कदैछन् ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : २५ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।