‘राधेश्याम’का प्रभास र पूजाबीच खटपट | Khabarhub Khabarhub

‘राधेश्याम’का प्रभास र पूजाबीच खटपट


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास फिल्म ‘राधेश्याम’मा पूजा हेगडेका साथ काम गरिरहेका छन् । केही दिनयता यो जोडीबीच खटपट भएको समाचार बाहिरिएको छ ।

समाचारअनुसार प्रभास पूजाको अव्यावसायिक व्यवहारबाट दिक्क मानिरहेका छन् । पूजाको खराब व्यवहार र सुटिङमा ढिलो आउने कारण प्रभास उनीसँग रिसाएका छन् । यहीकारण उनले पूजासँग बोलचाल बन्द गरेका छन् । तर फिल्मका निर्माताले मिडियामा आएको समाचारजस्तो आफ्ना कलाकारबीच त्यस्तो केही नभएको दाबी गरेका छन् ।

‘यो सबै खबर निराधार हो । प्रभास र पूजा एकअर्कालाई निकै सम्मान गर्छन् । दुवैको अफस्क्रीन बोण्डिङ राम्रो छ । जसकारण उनीहरुको अनस्क्रिन केमेष्ट्री पनि मिलेको छ । पूजा जहिल्यै समयमा नै सेटमा पुगेकी छन् । उनीसँग काम गर्न सजिलो छ । यो हल्ला कुनै कल्पनाको एक हिस्सा हो’, निर्माण कम्पनी यूवी क्रिएसनले भनेको छ ।

प्रभास यो फिल्ममा विक्रमादित्य नामको एक पाठकको भूमिका निभाउदैछन् । त्यस्तै पूजा प्रेरणा नामकी एक संगीत शिक्षकको भूमिकामा देखिँदैछिन् । फिल्मको अधिकांश दृश्य यूरोपमा छायांकन गरिएको छ । फिल्म सन् २०२२ को जनवरी १४ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : १२ बजे

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले