एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आज पनि | Khabarhub Khabarhub

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आज पनि


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दैछ ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबारबाट सुरु भएको बैठकमा दोस्रो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमाथि समूहगतरूपमा छलफल हुनेछ ।

अध्यक्ष नेपालले मंगलबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई छलफल गर्न लागिएको हो । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

केन्द्रीय कमिटीको पूर्णता, जिल्ला इञ्चार्ज तोक्ने, प्रदेश कमिटी अध्यक्ष चयन र आगामी कार्ययोजनालगायतका एजेण्डा बैठकमा राखिएका छन् ।

यसैगरी बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, विस्तार र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : १३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन