विश्वभर २३ करोडभन्दा बढीमा संक्रमण, २० करोडभन्दा धेरै निको | Khabarhub Khabarhub

विश्वभर २३ करोडभन्दा बढीमा संक्रमण, २० करोडभन्दा धेरै निको

अमेरिकामा फेरि बढ्यो संक्रमण, भारतमा घट्दै


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड नाघेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ५० हजार ९०१ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै बुधबार बिहान ६:३० सम्म विश्वभर संक्रमितको संख्या २३ करोड २ लाख ७३ हजार ७४१ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ५८ हजार ९४९ छ । यसमध्ये ९८ हजार ४१५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै विश्वभर अहिलेसम्म २० करोडभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ९६१ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २० करोड ६९ लाख ९३ हजार २२६ पुगेको छ ।

४७ लाखभन्दा बढीको मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार १०५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४७ लाख २१ हजार ५६६ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १७ हजार ९८९ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ८९६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ९६ हजार ८३४ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ९१ हजार ५१८ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३० हजार संक्रमित देखिन थालेका छन् । भारतमा बुधबार बिहानसम्म ४ लाख ४५ हजार ८०१ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ६ : ५७ बजे

डेङ्गुविरुद्ध सचेतना : ‘खोज र नष्ट गर’ अभियान

तनहुँ– तनहुँको व्यास नगरपालिकाले डेङ्गु बारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि

२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक– विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा

शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी

वरिष्ठ साहित्यकार परशु प्रधानको निधन

काठमाडौँ– वरिष्ठ साहित्यकार परशु प्रधानको निधन भएको छ । ८०

निसीखोला बस दुर्घटना (अपडेट) : ९ जनाको मृत्यु, २८ जना घाइते

बागलुङ– बागलुङमा हिजो भएका बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९