मनाङमा हेलिकोप्टरबाट खाद्यान्न र औषधि ढुवानी गरिने | Khabarhub Khabarhub

मनाङमा हेलिकोप्टरबाट खाद्यान्न र औषधि ढुवानी गरिने


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–मनसुनजन्य विपद्का कारण अतिप्रभावित भएको मनाङमा हेलिकोप्टरबाट औषधि र खाद्यान्न पर्‍याइने भएको छ ।

बाढी र पहिरोबाट प्रभावित भएको जिल्ला सदरमुकाम चामेलगायत आसपासका क्षेत्र विपद्का घटना भएको लामो समय बितिसक्दा पनि सडक सञ्जाल जोडिन नसकेपछि सरकारले खाद्यान्न पुर्‍याउन हेलिकोप्टरको प्रयोग गर्न लागेको हो । सडक खुल्न नसक्दा मानिसको जीवन नै जोखिममा पर्ने अवस्था आएकाले हवाइमार्गबाट तत्काल खाद्यान्न र औषधि आपूर्ति गर्ने तयारी गरिएको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा समितिका सदस्यले उठाएका जिज्ञासाको जवाफमा मन्त्री खाँडले सरकारको पहिलो प्राथमिकता नै मानिसको जीउज्यानको सुरक्षा रहेको स्पष्ट पारे । उनले जोखिममा परेका मानिसको जनजीवन सहज पार्न मन्त्रालय लागि परेको पनि बताए ।

“मनाङ जिल्ला सदरमुकाम जाने बाटो बन्द छ, प्राविधिकसमेत मोटरबाट जानसक्ने अवस्थामा छैन, मनाङमा नागरिकको जीवन नै जोखिममा छ, सप्लाई सिष्टम नै बन्द भयो”, मन्त्री खाँडले भने, “अब हेलिकोप्टरबाट सामान पुर्‍याइने छ ।” यस विषयसमा सरोकारवाला निकायबीच समन्वय भइसकेको पनि उनले जानकारी दिए ।

लत्ताकपडालगायत सामग्री ढुवानी भने महँगो पर्ने भएकाले तत्काल खाद्यान्न र औषधि पुर्‍याउने गरी योजना निर्माण भएको समितिलाई जानकारी दिए । मनाङमा बाढीपहिराका कारण ५४ किलोमिटर सडकमा क्षति पुगेको छ ।

मन्त्री खाँडले अध्ययनका लागि विज्ञ टोलीलाई पनि हेलिकोप्टरबाटै लैजाने जानकारी दिए । उनले मनाङ र सिन्धुपाल्चोकको जनजीवन सहज पार्ने विषयमा सरकार गम्भीरताका साथ लागेको समितिका सदस्यलाई आश्वस्त पारेका थिए ।

दुवै जिल्लालाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुका कारण नै उच्च प्राथमिकतामा राखिएकाले हो भन्दै उनले त्यस क्षेत्रमा विशेष प्याकेज लैजानुपर्ने आवश्यकता औँल्याए ।

गृहमन्त्री खाँडले नागरिकको जीवनरक्षा कसरी गर्ने भन्नेमा नै सरकारको ध्यान रहेको र राज्य प्रणालीको शुरुआत नै त्यसैका लागि भएको बताउनुभयो । उहाँले यसपाली विपद् परिकल्पना गरेभन्दा फरकरुपमा आइरहेकोतर्फ सचेत हुन आग्रह गरे ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको उदाहरण दिँदै मन्त्री खाँडले भने, “मुलुकमा भइरहेका विकास निर्माण वातावरणीय प्रभाव विष्लेषणभन्दा पनि विकासलाई प्राथमिकता दिएर भइरहेको छ जसले जोखिम बढाइरहेको छ ।”

गृहसचिव महेश्वर न्यौपानेले प्राधिकरण र अन्य सरोकारवाला निकाय कसले के काम गर्ने भनेर कार्य विभाजनको जरुरी भइसकेको बताए । उनले बाढी पहिरोको सूचना प्रणालीलाई गतिशील बनाउन सुझाव दिए ।

“मौसम विज्ञान विभागले सूचना दिन्छ, तर त्यसको सही विश्लेषण हुन सकिरहेको छैन प्राधिकरणले विश्लेषण गर्नुपर्छ”, उनले भने ।

त्यसअघि समितिको बैठकमा सदस्य रेखा शर्मा, दिलेन्द्रप्रसाद बडु, छक्कबहादुर लामा, तिर्था गौतम, यशोदा गुरुङ, सुवेदीले विपद्जन्य घटना रोक्न, भएका घटनामा क्षति कम गर्न र घटनापछि राहत तथा उद्धार कार्य प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  १० : ४५ बजे

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक