एमाले बैठक : पार्टी एकता प्रयासलाई निरन्तरता दिने निष्कर्ष | Khabarhub Khabarhub

एमाले बैठक : पार्टी एकता प्रयासलाई निरन्तरता दिने निष्कर्ष


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले केन्द्रीय कमिटीले पार्टी एकताका लागि अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालेको छ ।

बिहीबार सकिएको बैठकले सबैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच अहिले पनि निरन्तर संवाद भइरहेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता सुदृढ गर्ने गरी आउन चाहेनहरुलाई विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने बताएका छन् ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने विषयमा भने केही निर्णय गरेको छैन । एकताका लागि आवश्यक छलफल भइरहेकाले कारवाहीका बारेमा अरु निर्णय नगरिएको प्रवक्त ज्ञवालीले जानकारी दिए ।

उनले एकताका लागि चलाइएका छलफल छिटो निष्कर्षमा पुग्ने बताए ।  राष्ट्रिय राजनीतिमा देखिएका परिघटनाबाट प्रदेश सरकारलाई जोगाउन प्रयास गर्ने उनले बताए ।

यसअघि बिहीबार नै पुष्पलाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि आह्वान गरेका थिए भने एकतामा आउन चाहे माफी दिने बताएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ६ : १५ बजे

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ