बेलायतका स्वास्थ्यकर्मीको तलब बृद्धि | Khabarhub Khabarhub

बेलायतका स्वास्थ्यकर्मीको तलब बृद्धि


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा बृद्धि गरिएको सरकारले घोषणा गरेको छ ।

पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागु हुनेगरी सरकारले सेवा सुविधामा बृद्धि गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

राज्यको स्वतन्त्र निकाय राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले स्वास्थ्यकर्मीहरुको तलवमा तीन प्रतिशत बृद्धि गर्न सिफारिस गरेपछि सरकारले बृद्धि गरिदिएको हो ।

“स्वास्थ्यकर्मीहरुको भित्र नर्स, पारामेडिसिन, कन्सल्टेन्ट, डेन्टीस्टलगात पनि पर्ने छन्, उनीहरुले पनि तलव बृद्धिको सुविधा पाउने भएका छन,” सरकारी निकायद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

बेलायतमा स्वास्थ्य क्षेत्रको सेवा, सुविधा, गुणस्तर, मापदण्ड आदी निर्धारण गर्न स्वतन्त्र निकायको रुपमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)को व्यवस्था गरिएको छ ।

कोरोनाभाइरसको महामारी विरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरेकाले उनीहरुको सेवा सुविधा बृद्धि आवश्यक भएको एनएचएसले निश्कर्ष निकालेको हो ।रासस/एएनआई

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ३ : २५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०