एयरपोर्ट गेटको ट्राफिक लाईट उद्‌घाटन | Khabarhub Khabarhub

एयरपोर्ट गेटको ट्राफिक लाईट उद्‌घाटन


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा एयरपोर्टस्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा आएको छ ।

ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रालीसँग सहकार्य गरी नयाँ जडान गरिएको ट्राफिक लाईटको आजै एक कार्यक्रमबीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सीईओ अनोज रिमालले संयुक्त रूपमा उद्‍घाटन गरेका छन् ।

एसएसपी भट्टराईले काठमाडौँ उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडानलाई तीव्रता दिएको बताए ।

प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताए।

हामी ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लग्न प्रयासरत छौँ, सम्बन्धित सरोकारवाला निकाय बाहेक विभिन्न संघ संस्था, बैंक बित्तिय कार्यालयसँग निरन्तर समन्वय सहकार्य गर्दै आईरहेका छौँ ।

त्यसैको परिणाम स्वरुप आज हाम्रो एकमात्र अन्तराष्ट्रिय बिमानस्थलको मुलगेटमा लाईट जडान गरी सञ्चालनमा ल्याएको र आगामी दिनमा अन्य चोकमा समेत ट्राफिक लाईट जडान गर्न हातेमालो गर्ने योजना रहेको एसएसपी भट्टराईले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै एयरलाईन्सका तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताए ।

उनले काठमाडौँ उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।

कामनपा वडा नं ९ का वडा सदस्य टेकराज अधिकारीले ट्राफिक लाईटको जडान र प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।
उद्‌घाटन कार्यक्रममा महाशाखा प्रमुख, एयरलाईन्सका पदाधिकारी, स्थानिय निकायका सदस्य र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति थियो ।

ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनीकरणको लागी आगामी दिनमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एवं सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  १२ : ३३ बजे

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा

काठमाडौं– वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली

नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना

काठमाडौं– नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्