चितुवाको छालासहित दुई जना पक्राउ | Khabarhub Khabarhub

चितुवाको छालासहित दुई जना पक्राउ


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- एक थान चितुवाको छालासहित दाङको घोराही उपमहानगरपालिका –३ गोग्लीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाई र रुकुम–पश्चिमको मुसिकोट नगरपालिका – १० का ४५ वर्षीय पूर्णसिंह सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार सिमेन्टको बोराभित्र संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई जना हिँडिरहेको भन्ने सूचनाका आधारमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ५ फिट २ इञ्च लम्बाई र छातीको भागको चौडाई १ फिट ४ इञ्चको चितुवाको छाला बरामद गरेको छ ।

पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  १० : ३० बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए