लकडाउन अन्त्यपछि दैनिक जीवनमा हाम्रो नैतिक जिम्मेवारी  « Khabarhub
Logo
१६ श्रावण २०७८, शनिबार

लकडाउन अन्त्यपछि दैनिक जीवनमा हाम्रो नैतिक जिम्मेवारी 



त्यसो भए प्रधानमन्त्रीले अब कोभिडको प्रतिबन्ध हट्नेछ भनेपछि हामी हाम्रो इच्छा अनुसार ठिक बेठिक विचार गरेर काम गर्न सक्ने भयौँ । सामान्यतया हामी यो सोच्न सक्छौँ कि यो राम्रो सरकारको उदाहरण हो या राम्रो समुदायको जसले आफूले इच्छाअनुसार निर्णय गर्दै मन लागेको काम गरेर जीवन बिताउने छुट दिन्छ ।

तर अहिले नाटकीय रूपमा कोभिड सङ्क्रमण बढिरहेको समयमा यो प्रतिबन्ध फुकुवा भएकोमा खुसीयाली मनाउन कठिन छ । एक सयभन्दा बढी विज्ञहरूले प्रतिबन्ध पूर्णरूपमा हटाउनु खतरनाक र अपरिपक्व हुने उल्लेख गर्दै हस्ताक्षर गरेर खुलापत्र बुझाएका छन् । यसले राहत र स्वतन्त्रताको अनुभव गराउने सम्भावना कम छ भने अपरिचित जङ्गलमा पुगेपछि हरेकमा नैतिक भार बढेजस्तो हुने सम्भावना बढी छ ।

यो नयाँ अध्यायमा यो पहिचान गर्न आवश्यक छ कि निर्णय गर्ने अधिकार हामीमा स्थानान्तरण गर्नु व्यावहारिक निर्णयमात्र होइन, एउटा महत्वपूर्ण नैतिक विषय पनि हो । हामीले यो छनोट गरेर निर्णय गर्दैछौँ, यो एउटा नयाँ हानिकारक रोग लगातार एक अर्कामा सारेर धेरै हानी गराउने कारण नबनोस् । नयाँ सङ्क्रमण सँगै खतरनाक भेरिअन्ट बढ्ने जोखिम पनि नबढोस् ।

यो नबिर्सौं कि अल्फा भेरिअन्ट कसरी बेलायतमा सिर्जत भयो र यो संसारभर फैलियो । यसकारण हामीमा नयाँ भेरिअन्ट निस्कने कुराले विश्वव्यापी प्रभाव राख्छ ।

नैतिक निर्णयमा जोखिम र लाभको सन्तुलन कसरी मिलाउने भन्ने कुरा हुनुपर्छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश लर्ड सम्सनका सामु लकडाउनविरोधी प्रदर्शन गर्ने मध्येका धेरै व्यक्तिले कोभिड प्रतिबन्धले धेरै अन्याय भएको भन्दै सार्वजनिक रूपमा निन्दा गरेका थिए ।

यो दृष्टिकोणबाट हेर्दा उदार सोच के हो भने सङ्क्रमणको जोखिम घटाउन व्यक्तिगत स्वतन्त्रता गुमाउनुको मूल्य, त्यसैगरी आर्थिक गतिविधिसहित सामाजिक जीवनमा धेरै कुरा गमाउनुभन्दा बाँच्नेहरूका शर्तहरू महत्वपूर्ण हुन्छन् ।

हुनसक्छ, यो धारणाको अतिवाद हेरेपछि व्यक्तिगत स्वतन्त्रता नैतिक रूपमा आवश्यक छ र यो स्वतन्त्रता गुमायो भने केही फाइदा हुँदैन र केही पाइँदैन भन्ने लाग्न सक्छ ।

जब लकडाउनको जिम्मेवारी लिने क्रममा परेको सङ्कटले राष्ट्रिय राजनीतिमा असर गर्छ तब हरेक व्यक्तिले नयाँ यथार्थमा आफ्ना दिनहरू कसरी अगाडि बढ्ने भन्ने विषयमा सहजै यस्ता सोचलाई कारण बनाउने छन् या बनाउन सक्नेछन् ।

घण्टाको हिसाबमा हामीलाई उपहार हुन्छ या बोझ या हामी आफैलाई, परिवार र यस पछाडिकालाई पनि सम्मान गर्दै जोखिम र नाफाको समन्वय हो ।

जुलाई १९ यता हजारौँ मान्छेले एनएचएस कन्ट्याक्ट ट्रेसिङ एप हटाएका छन् । यसले प्रस्ट देखाउँछ कि उनीहरू आफूलाई मन लागेको काम गर्न चाहन्छन् । यो गतिविधिले उनीहरू आफैँ र अन्यलाई गर्न सक्ने क्षति भन्दा स्वतन्त्रता महत्वपूर्ण होओस् । यसले सामाजिक स्रोतमा गर्ने असर उल्लेख गर्न आवश्यक छैन ? वा तिनीहरूलाई यसको शुद्धतामा विश्वास छैन ?

गत वर्षको लकडाउनको शुरूवाती समयलाई स्मरण गर्दै हाम्रो निर्णयको नैतिक विषय अर्को तरिकाबाट पनि सोच्न सकिन्छ । एउटा वाक्यांश ‘हामी सबै एक ठाउँमा छौँ’ ले एउटा सङ्केत गरेको छ कि हामी सबै कमजोर छौँ र हामी सबै खतरालाई ध्यानमा राख्दै क्षति न्यूनीकरण गर्न लाग्नुपर्छ ।

कानून र नियमले प्रतिबन्ध लागु गरेपछि हामी सबै जना एकै अवस्थामा रहेको पक्का हो । तर अहिले, तिनीहरू किन प्रमुख हुन् ? हुन सक्छ, धेरै जनाले प्रासङ्गिक अधिकारको सानो अनुरोधमै आफू र अरू पनि सुरक्षित हुने ढङ्गले बानी समायोजित गरे ।

हामी व्यक्तिगत स्वतन्त्रताको मूल्य खोज्छौँ भने हामीले जिउँदो रहने, स्वस्थ रहने र अरूको भलाइ हुने कुरालाई पनि महत्व दिनुपर्छ ।

एचआइभी एड्सको महामारी उच्च रहेका समयमा मानिसको व्यवहारमा आएको परिवर्तनबारे पनि एक पटक विचार गरौँ । कन्डमविना यौन सम्पर्क राख्नुलाई सरकारले गैरकानुनी ठहर गरेको होइन तर विशेष गरी समलिङ्गी पुरुषले कन्डम प्रयोगलाई सामान्य बनाए । यो यौन सक्षम गर्ने कुरामा उपयोगी भएको थियो । राम्रो जीवनको एउटा सुख र एक अर्काको भलाइका लागि आपसी आदरको मापक पनि बनेको थियो ।

यौनसम्बन्धी त्यस खालका नैतिक विषयले एचआइभी सङ्क्रमण मात्र रोकेन, त्यो सामाजिक एकताको एउटा आधार पनि बन्यो जसले व्यापक सामाजिक समानतातर्फ लगेको थियो । एउटाले अर्कोलाई सम्भाव्य मृत्यु र दुःख भोगाइबाट बचाउनाले हामीलाई व्यक्ति र समाजको रूपान्तरणतर्फ लैजान्छ ।

कसैले उसको या उनको जीवन मेरो जत्तिकै महत्वपूर्ण छ भन्ने सोच्न थालेपछि हामी अधिकार र अवसरको समानताको धरातलमा पुग्छौँ । फेस मास्क र कन्डमको औजारीय प्रयोग र नैतिक आयामको बीचमा समान अन्तर देख्न त्यति कठिन छैन ।

उसको जीवन मेरो जत्तिकै महत्वपूर्ण छ भन्ने सोच्न थालेपछि हामी अधिकार र अवसरको समानताको धरातलमा पुग्छौँ । फेस मास्क र कन्डमको औजारीय प्रयोग र नैतिक आयामको बीचमा समान अन्तर देख्न त्यति कठिन छैन ।

तथापि हामी एक अर्कामा यसरी सम्बन्धित छौँ भनेर नैतिक मापदण्डमा सहज परिवर्तन ठान्नु गलत पनि हुनसक्छ । जब मानिस आफूलाई जे मन लाग्यो त्यही गर्न उत्साहित हुन्छ, त्यहाँ निःसन्देह एउटाको गतिविधिका कारण अर्काको स्वास्थ्य जोखिममा परेको महसुस हुँदै व्यक्तिगत टकराब शुरू हुन्छ ।

थाहा नभएको खतराको नजिक पुगेपछि मान्छेले सामाजिक अन्तक्र्रिया गर्न छाड्न थाल्छ । मास्क र सामाजिक दूरी अनिवार्य नभएपछि बाहिर निस्कने र सामुदायिक सुविधा लिने चाहनामा कमी आउँछ । त्यसपछि, गलत कुरा गरेको लाजले बोझ महसुस हुन थाल्छ । आफूलाई राम्रोसँग बचाउन नसक्नु र अरूलाई बिरामी गराउनेको रूपमा परिचित हुनु लज्जा बोध हुन्छ ।

यसपछि समाजमा जोखिमपूर्ण व्यवहार गरेको आरोप लाग्ने डरले मानिसहरू अरूसँग बोल्न र सामाजिक नेटवर्कमा रहने सवालमा धेरै मौन बस्ने गर्छन् ।

मान्छेको व्यवहार समन्वय गर्ने कानून र नियमहरू नभई कसरी हामी आफैँलाई र अरूलाई बचाउने कुरामा प्रभावकारी हुन सक्छौ र ! हो, यो कुरा भाइरसको गतिशीलतामा पनि भर पर्छ । तर, धेरै त एक आपसमा सम्पर्क गर्ने नैतिक मूल्यमै निर्भर रहन्छ ।

आउनुहोस्, यो महामारी मानिसहरूबीचको सम्पर्ककै कारण फैलिएको सम्झना गरौँ र फैलने क्रमको सीमा सरकारको मनोवृत्तिमा मात्र होइन, हाम्रो सम्बन्धको प्रकृतिमा निर्भर रहन्छ भन्ने बुझौँ ।

हामी आफ्नै र अरूको ज्यानको मतलब नगरी व्यक्तिगत स्वतन्त्रताको सामाजिक नीति चाहन्छौँ वा तिनीहरूले आपसी सम्मान, हेरचाह र मतलब पनि गरोस् भन्ने चाहन्छौँ जसले आफ्नो स्वास्थ्यलाई ख्याल राखोस् ।

हामी यो महामारीबाट बलियो भएर बाहिर आउन सक्नेछौँ । हामीले उनीहरूलाई पनि न्याय गर्न सक्छा, जो भयभीत समुदाय बनाइएका कारण मरेका छन् । यी दुवै प्राप्त गर्न सधैँभन्दा यस पटक अलि बढी नै हामी एक जुट भएर काम गर्नु छ ।

(श्रीधर बेङ्कटापुरम किङ्स कलेज लन्डनका विश्वस्वास्थ्य र मनोविज्ञानका सिनियर लेक्चरर हुन् । द गार्जियनमा १८ जुलाईमा प्रकाशित यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)


भर्खर

0