आँप खाने बित्तिकै खान नहुने यी खानेकुराहरू | Khabarhub Khabarhub

आँप खाने बित्तिकै खान नहुने यी खानेकुराहरू



आँपलाई फलफूलको राजा पनि भनिन्छ । स्वाद र सन्तुष्टि दुबैका दृष्टिले आँपलाई धेरैले मन पराउने गरेका छन् । आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाँम आदीको रूपमा पनि खाने गरिएको छ । आँपका पारखीहरूले आँपलाई अनेकौँ खानेकुराहरूका साथमा खाने गरेका छन् । यसरी विभिन्न बस्तुहरूसँग आँप खाँदा वा खाने वित्तिकै अन्य चिजहरू खाँदा यो संयोगले  स्वास्थ्यलाई राम्रो गर्दछ कि गर्दैन भन्ने ज्ञान हुँन जरूरी छ । नत्र यो संयोगले स्वास्थ्य चौपट्ट बनाउन पनि सक्दछ । यसर्थ आँपसंग एकसाथ खान नहुने यी खाने कुराहरूलाई सबैले बुझ्न आवश्यक छ ।

१.करेला- आँप र करेलालाई एकसाथ खानु वा आँप खाएपछि करेलाको तरकारी खानु वा करेलाको तरकारी खाए पश्चात आँप खानु स्वास्थ्यको लागि हानिकारक हुन सक्दछ । आँप खाएपछि वा अघि तिते करेलाको सेवन गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, श्वास फूल्ने र पखाला चल्नेजस्ता लक्षणहरू देखा पर्दछन् ।

२.तातो दुध- तातो दुध खाने वित्तिकै आँप खानु वा आँप खाने बित्तिकै तातो दुध पिउँनु हुँदैन । प्राकृतिक चिकित्सामा आँपलाई चिसो दुधसंग पनि नखानु भनिएको छ । आँपलाई दुधसंग खाने गर्दा पाँचन क्रियामा समस्या आउने गर्दछ।

३.खुसार्नी- आँप खाएलगत्तै खुर्सार्नी वा अन्य पिरो हालीएको खाने कुरा खानु हुँदैन । आँप र खुर्सानीको सेवनले एकसाथ वा लगत्तै सेवनले पेट र छालाको समस्या निम्त्याउँदछ भने वाकवाकी लाग्ने, पखाला  चल्ने समेत हुने गर्दछ ।

४.दही- हुनत धेरैले आँपलाई दहीसंग पनि खाने गरेका छन् तर दही र आँपलाई एकसाथ खादाँ स्वास्थ्यलाई हानी पुग्दछ । किनकी दही र आँपको प्रकृति मिल्दैन । दही चिसो प्रकृतिको हो भने आँप उष्ण प्रकृतिको खानेकुरा हो । दही र आँपको एकसाथ सेवनले पाँचन समस्या र दीर्घकालमा गएर छाँलाको समस्या निम्त्याउदछ ।

५.पानी- आँप खाने बित्तिकै पानी पिउदा आँपको पाचनको लागि आवश्यक ईन्जाईमहरूलाई पानीले निष्तेज बनाई दिनेहुँदा आपको पाँचन ठीकसंग नहुने र बिजातीय द्रव्यको उत्पादन धेरै भएर शरीरमा अनेकौँ  दोष सञ्चय हुने हुँदा आँप खाने वित्तिकै पानी पिउनु र पानी पिएलगत्तै आँप खानु हुँदैन।

. कोल्ड ड्रिङ्कस- आँप र कोल्ड ड्रिङ्कसको प्रयोगलाई पनि सर्वथा बर्जित मानिएको छ । आँपसंग कोल्ड ड्रिङ्कस खाँदा कोल्ड ड्रिङ्कसले आपलाई पूर्णरूपमा विकृत बनाई दिन्छ । पाचनमा समस्या, वाकवाकी, बान्ता पखाला आदि हुन्छ । यसैगरि आँपको पोषक तत्वलाई कोल्डड्रिङ्कसको कार्बनडाई अक्साईडले नष्ट गरिदिने हुँदा एकसाथ वा खाने बित्तिकै खानु हुदैन।

७. तारे भूटेका खानेकुराः आँप र तारे भूटेका खानेकुराहरू पनि एकसाथ खानु हुँदैन । किनकी तारे भूटेको खानेकुराहरूमा उच्च मात्रामा कार्बन हुन्छ जसले आँपको पोषक तत्वहरूलाई नष्ट गर्नुका साथै आँपसँग मिलेर विषक्तता पैदा गर्दछ ।

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ५ : ५५ बजे

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना