राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि शुरू (फोटोफिचर) | Khabarhub Khabarhub

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि शुरू (फोटोफिचर)


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारबाट शुरू भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबारबाट नेपाली टिमले प्रशिक्षण शुरू गरेको हो । प्रशिक्षण अगाडि खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको थियो । मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो ।

स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी शुरू गरेको हो ।

सिरिज जुलाई अन्तिममा हुने तालिका छ । क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो । तर, पृथु बास्कोटा प्रशिक्षणमा सहभागी भएका छैनन् । प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल सहभागी छन् ।

त्यस्तै विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी,अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ पनि प्रशिक्षणमा छन् । मुख्य प्रशिक्षक वाटमोरले बन्द प्रशिक्षणलाई प्रभावकारी बनाइने बताए । उनले नेपाली खेलाडीले कडा मेहनत गरेको र आगामी खेलमा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

त्यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलका लागि नेपाली टिमले कडा मेहनत गर्ने र राम्रो नजिता ल्याउने बताए ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  २ : १० बजे

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति