कोरोना संक्रमितको विवरण जिल्ला, प्रदेश र मन्त्रालयपिच्छे फरक | Khabarhub Khabarhub

कोरोना संक्रमितको विवरण जिल्ला, प्रदेश र मन्त्रालयपिच्छे फरक


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कोरोना भाइरस संक्रमणको सम्बन्धमा जिल्ला, प्रदेश र केन्द्रको विवरण सधैं नै फरक फरक हुने गरेको छ ।

स्थानीय तहले दिएको विवरणअनुसार नै देशैभरका जिल्ला स्वास्थ्य कार्यालयहरुले संक्रमणको विवरण अध्यावधिक गर्ने गरेको छ ।

जिल्लाले उपलब्ध गराएको विवरणलाई आधार मानेर प्रदेश स्वास्थ्य निर्देशनालयले विवरण अध्यावधिक गर्दै आएको भने स्वास्थ्य मन्त्रालयले प्रदेशले पठाएको विवरणको आधारमा देशैभरको विवरण सार्वजनिक गर्ने गरेपछि कुनै पनि विवरण एक आपसमा मेल खाँदैनन् ।

जिल्ला, प्रदेश र केन्द्रले हरेक दिन २४ घण्टा भित्रको विवरण सार्वजनिक गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयले सोमवार सार्वजनिक गरेको विवरणअनुसार गएको २४ घण्टामा देशैभरमा सबैभन्दा बढी बाग्लुङमा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ ।

मन्त्रालयकाअनुसार सोमबार बाग्लुङ जिल्लामा मात्रै ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टी भएको उल्लेख छ ।

सोमवार गण्डकी प्रदेशले गरेको पछिल्लो अध्यावधिक विवरणअनुसार पछिल्लो २४ घण्टामा प्रदेशमै संक्रमितको संख्या ३ सय पुगेको छैन ।

स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. बिनोदबिन्दु शर्माकाअनुसार गण्डकी प्रदेशका सबै जिल्लामा गरी २ सय ७७ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशकाअनुसार बागलुङमा सोमबार ७ जना मात्रै नयाँ संक्रमित भेटिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अध्यावधिक विवरणअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ११७ जनामा गरिएको नमुना परीक्षणमा २ सय ७७ जनमा संक्रमण पुष्टी भएको छ ।

सोमबार संक्रमण पुष्टि हुनेमा कास्कीका १३५ जना, स्याङ्गजाका ३४ जना, नवलपुरका ३० जना, तनहुँका २४ जना, लमजुङका १७ जना, पर्वतका ८, बाग्लुङ्का ७ र म्याग्दीका ४ जना छन् । योसँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५२ हजार ६९१ पुगेको छ ।

यस्तै, सोमबार गण्डकी प्रदेशमा थप ६ जनाको मृत्यु भएको छ । कास्कीका तीन जना, लमजुङ, स्याङ्जा र म्याग्दीका १/१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८९५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ६५५ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४८ हजार ४२९ पुगेको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १० : ४५ बजे

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार