क्युबाका ११ लाख जनताले आफ्नै देशमा निर्मित कोरोनाविरुद्धको खोप लगाए | Khabarhub Khabarhub

क्युबाका ११ लाख जनताले आफ्नै देशमा निर्मित कोरोनाविरुद्धको खोप लगाए


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यारेवियन राष्ट्र क्युबाले कोरोना भाइरसविरुद्ध आफैंले विकास गरेको खोप ११ लाखभन्दा बढी जनतालाई लगाएको छ ।

क्युबाका एक वरिष्ठ अधिकारीले ११ लाखभन्दा बढी व्यक्तिले कम्तीमा एक डोज खोप लगाएको जानकारी दिएका हुन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका विज्ञान तथा प्रविधिसम्बन्धी निर्देशक एलिएना मोरालेसले कोभिड–१९ विरुद्धको लडाइँमा खोप एउटा अंश भए पनि अरू धेरै काम गर्न बाँकी रहेको बताए ।

क्युबाले हाल कोभिड–१९ विरुद्ध पाँच किसिमका खोपको अध्ययन गरिरहेको छ । जसमा सोबराना १, सोबराना २, अब्दला, माम्बिसा र सोबराना प्लस रहेको जनाइएको छ । यसैबीच, क्युबामै विकास गरिएको खोप लगाएका हजारौँ व्यक्तिले खोपबारे आफ्ना धारणा सामाजिक सञ्जालमा राख्न थालेका छन् ।

राजधानी हवाना निवासी जोइला रोड्रिगेजले खोपका कारण दैनिक सङ्क्रमणमा कमी आउने र अस्पताल भर्ना हुने दरमा कमी आउने विश्वास व्यक्त गरे । क्युबा सरकारले यसै वर्षको अन्त्य सम्ममा सबै क्युबालीलाई खोप लगाइसक्ने योजना अघि सारेको छ ।

क्युबामा बिहीबार एकै दिन एक हजार २५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी हुनुका साथै छ जनाको मृत्यु भएको थियो । क्युबामा हालसम्म एक लाख २९ हजार जना कोभिड–१९ बाट सङ्क्रमित भएका र त्यसमध्ये ८४० जनाको मृत्यु भएको छ । क्युबामा करिब एक करोड १० लाख जनसङ्ख्या छ । (सिन्ह्वा)

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ८ : २५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन