मौरीको समूहसँग एन्जेलिनाको फोटोसुट | Khabarhub Khabarhub

मौरीको समूहसँग एन्जेलिनाको फोटोसुट


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड अभिनेत्री एन्जेलिना जोली आफ्नो सुन्दरता र बोल्डनेसका कारण सबैमाझ लोकप्रिय छिन् । हालैमात्र यी अभिनेत्रीले एक मौरीको समूहसँग फोटोसुट गराएकी छन् ।

अमर उजालाका अनुसार उनले विश्व मौरी दिवसको अवसर पारेर फोटोसुट गराएकी हुन् । उनले शरीरमा मौरीको एक समूहलाई राखेर फोटोसुट गराएकी थिइन् ।

फोटोसुटको समयमा उनले एक अफ शोल्डर ब्लाउज लगाएकी थिइन् । यी मौरीहरु एक शौखिन मौरीपालक गेन विन्टर्सका थिए ।

यो फोटोसुट एन्जेलिनाले नेशनल जियोग्राफिकको सहयोगबाट गरेकी थिइन् । उनको शरीरमा झण्डै १८ मिनेटसम्म मौरी बसेका थिए । विन्टर्सका अनुसार मौरीलाई शान्त राख्न र एञ्जोलिनालाई कुनै क्षति नहोस् भन्नका लागि निकै सावधानी अपनाइएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ३ : ५५ बजे

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ