काभ्रेभञ्ज्याङमा प्रहरीको गाडी र बोलेरो ठोक्किदा तीन जना घाइते | Khabarhub Khabarhub

काभ्रेभञ्ज्याङमा प्रहरीको गाडी र बोलेरो ठोक्किदा तीन जना घाइते


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी राजमार्ग अन्तर्गत काभ्रे भञ्ज्याङमा प्रहरीको गाडी र बोलेरो ठोक्किँदा तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार काभ्रेभञ्ज्याङबाट धुलिखेलतर्फ आउँदै गरेको प्रहरीको गाडी र भकुण्डे तर्फ जाँदै गरेको कुखुरा बोक्ने बोलेरो गाडी शुक्रबार एक आपसमा ठोक्किदा तीन जना सामान्य घाइते बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भूपेन्द्र बहादुर खत्रीका अनुसार दुर्घटनामा दुबै तर्फ मानवीय क्षति भने हुन पाएन ।

उनका अनुसर तीब्र गतिमा रहेको प्रदेश ०२ ०३००१ च २३९६ नम्बरको बोलेरो गाडीले जिल्ला प्रहरी कार्यालय काभ्रेको प्र ३ ०१००२ झ ४८४१ नम्बरको गाडीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा बोलेरो पल्टिएको छ भने प्रहरीको गाडी कुच्चिएको छ । प्रहरीको गाडीमा ४ जना सवार थिए । बोलेरोमा ३ जना सवार थिए । प्रहरीले अहिले बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ ।

तस्वीर : ‘वेलकम टु भक्तपुर’ फेसबुकबाट

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १० : २५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६