संरचना पूरा नहुँदै प्राधिकरणको ‘निर्माण सम्पन्न’ सूचीमा विद्यालयका भवन | Khabarhub Khabarhub

संरचना पूरा नहुँदै प्राधिकरणको ‘निर्माण सम्पन्न’ सूचीमा विद्यालयका भवन


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७२ सालमा विनाशकारी भूकम्पले गएको आगमी वैशाख १२ गते ६ वर्ष पूरा हुँदैछ ।

सोही अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन (शिक्षा) इकाइले विहीबार काठमाडौँमा पत्रकार सम्मलेन गर्दै हालसम्म विद्यालय पुनर्निर्माणको अवस्थाबारे जानकारी दिएको छ ।

इकाइका अनुसार ७ हजार ५५३ विद्यालय भवन पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा ६ हजार २४१ विद्यालय भवन पुनर्निर्माण भएका छन् ।

जसमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत ४ हजार ९३३, निर्माण व्यवसायीमार्फत ५५४ र गैरसरकारी संस्थामार्फत ७५९ विद्यालय भवन पुनर्निर्माण भएको इकाइले जानकारी दिएको हो ।

विद्यालय व्यवस्थापन समितिले निर्माण गर्न बाँकी १ हजार १२१, निर्माण व्यवसायीमार्फत १७५ र गैससमार्फत ११ विद्यालय भवनको पुनर्निर्माण कार्य आगामी असार मसान्तभित्र सम्पन्न भइसक्ने इकाइले जनाएको छ ।

इकाइले विद्यालय भवन पुनर्निर्माणका लागि एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख रुपैयाँ आवश्यक पर्नेमा हालसम्म ५३ अर्ब १९ करोड ३९ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । चालु आर्थिक वर्षका विद्यालय पुननिर्माणको लागि १८ अर्ब ६० करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

प्राधिकरणले निर्माण सम्पन्न भएका भनिएका विद्यालयमा शैचालय र खानेपानीको व्यपस्थापन गर्न भने बाँकी रहेको पाइएको छ । विद्यालयमा खानेपानी र शौलाचल निर्माण पूरा नहुँदै प्राधिकरले पुनर्निर्माण सम्पन्न भएको सूचीमा समावेश गरेको पाइएको हो ।

प्राधिकरणका अनुसार अधिकांश विद्यालयमा शौचालय र खानेपानी जडानको काम जारी नै छ । केही विद्यालयमा काम सम्पन्न भए पनि अन्यको चाँडै सम्पन्न गर्ने गरी काम भइरहेको प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अधिकृत यदुविक्रम थापाले बताए ।

खबरहबलाई प्राप्त तथ्याङ्क अनुसार पूर्ण रुपमा निर्माण सम्पन्न भएका विद्यालयको संख्या ३ हजार २४१ मात्र छ । यी विद्यालयमा खानेपानी लगायतका सवै संचरना पूर्ण निर्माण गरिएका छन् ।

तर, प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक हेर्दा निर्माण सम्पन्न गरिएको भनिएकामध्ये झण्डै आधिभन्दा बढीमा खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण हुन बाँकी छ ।

थापाले निर्माण सम्पन्न भनिएका केही विद्यालय भवनमा शौचालय, खानेपानी, भवन घेरबार गर्ने लगायतका केही कामहरु बाँकी रहेको स्वीकारे ।

उनले भने,‘कुनै पनि काम गर्न नपर्ने गरी निर्माण सम्मन भएका विद्यालयको संख्या ३ हजार २४१ हो ।’

प्राधिकरणका अनुसार पहिलो चरणका काम सम्पन्न भए पनि र  दोस्रो चरणका केही काम सम्पन्न भएको र केही जारी रहेको हुँदा तथ्यांकमा घटबढ भएको हुनसक्ने उनको भनाइ छ ।

उनले भने, ‘पुनर्निर्माण सम्पन्न भनेर आज सार्वजनिक गरेका ६ हजार २४६ विद्यालय मध्ये केहीमा शौचालय र खानेपानी जडानको काम चलिरहेको छ ।’

उनका अनुसार पहिलो पटक भवन निर्माणको लागि मात्रै बजेट निकासा भएको र र दोस्रो चरणमा शौचालय, खानेपानी लगायत अन्य पूर्वाधार निमार्णको लागि बजेट निकासा भएको हुँदा यी काम केही ढिला हुन गएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ८ : ०१ बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए