पशुपतिनाथ मन्दिरमा फेरि भक्तजनका लागि पूजाआजा गर्न अनिश्चितकालीन रोक | Khabarhub Khabarhub

पशुपतिनाथ मन्दिरमा फेरि भक्तजनका लागि पूजाआजा गर्न अनिश्चितकालीन रोक


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा शुक्रबारबाट भक्तजनका लागि पुजाआजा गर्न अनिश्तिकालीन रोक लगाइएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुका लागि पूजाआजामा रोक लगाएको हो ।

अर्को सूचना नआउन्जेलसम्मका लागि भक्तजनहरुका लागि मन्दिरभित्र प्रवेश गर्न निषेध गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले खबरहबलाई जानकारी दिए ।

‘भक्तजनका लागि मन्दिरको मुख्य प्रवेशद्वार बन्द रहेछ’ उनले भने, ‘ नित्यकर्म भने नियमित हुनेछ ।’

यसअघि चैत्र ११ गतेबाट लकडाउन भएसँगै पशुपतिनाथ मन्दिरमा भक्तजनका लागि पूजाआजामा रोक लगाइएको थियो । लकडाउन खुकुलोभएसँगै ९ महिनापछि गता पुस १ गतेबाट नियमित पूजाका लागि खोलिएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ६ : ०७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०