सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डबारे अनुगमन | Khabarhub Khabarhub

सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डबारे अनुगमन


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणको जोखिम बढ्दै गए पनि स्वास्थ्य सावधानीविनै सार्वजनिक सवारीसाधन निर्बाध सञ्चालनमा भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ ।

बिहीबार काठमाडौंको विभिन्न चोक चोकमा पुगेर अनुगमन टोलीले सार्वजनिक सवारीसाधनमा स्वास्थ्य सावधानी अपनाएको वा नअपनाएको बारे अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मास्क प्रयोग नगर्ने र गाडीमा स्यानिटाइजर नभएको पाइएकाले चेतावनी दिइएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत राम बहादुर सार्कीले बताए ।

उनले कोरोना संक्रमण रोकथामका लागि काठमाडौंमा सार्वजनिक सवारीसाधान सञ्चालन तथा यात्रामा नयाँ नियम लागु गरिएको र उक्त नियम सवैले पालना गर्नुपर्ने बताए । अबका दिनमा सार्वजनिक यातायातले सरकारको नियम पालना नगरे कारवाही गर्ने उहाले बताए ।

प्रशासन कार्यालयले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गराउने, सवारीसाधनको ढोकामा र भित्र सेनिटाइजर व्यवस्था गर्ने लगाएतका नियम लागू गरेको छ ।

अनुगमनको टोलीमा ट्राफिक महाशाखा र यातायात व्यवसायीको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ९ : ५७ बजे

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको