९० लाख बराबरको खैरो हेरोइन पेटभित्र लुकाएर ल्याउने लामा पक्राउ | Khabarhub Khabarhub

९० लाख बराबरको खैरो हेरोइन पेटभित्र लुकाएर ल्याउने लामा पक्राउ


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले करिव ९० लाख बराबरको खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गएको चैत २६ गते त्रिभुवन विमानस्थलमा पक्राउ परेका धादिङका दावा लामाका साथबाट खैरो हेरोइन बरामद गरेको हो ।

उनी यसअघि पनि लागू औषध कारोबारका क्रममा पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

५ वर्ष कैद सजाय भुक्तान गरिसकेका धादिङका लामा फेरि उस्तै प्रकरणमा पक्राउ परेको व्युरोले जनाएको छ ।

३९ वर्षीय लामालाई पक्राउ गरेपछि सिटी स्क्यान गरिएको थियो । सिटी स्क्यानमा उनको पेटभित्र हेरोइन देखेपछि औषधि प्रयोग गरेर निकालिएको थियो ।

लामाको शरीरमा भेटिएको क्याप्सुलको संख्या ९३ रहेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी दिलिप चौधरीले जानकारी दिए ।

पाकिस्तानबाट दुबई हुँदै काठमाडौं उत्रिएपछि व्युरोले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो। उनी काठमाडौंबाट दुवई हुँदै पाकिस्तान पुगेर फर्केका थिए ।

उनीसँगै प्रहरीले लागु‍औषध कारोबार अभियोगमा होनीमाय तामाङ्नी र वयसबहादुर गुरुङलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  १० : ०३ बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको