सकियो ओली-नेपाल दोस्रो दिनको वार्ता | Khabarhub Khabarhub

सकियो ओली-नेपाल दोस्रो दिनको वार्ता


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा दोस्रो दिन भएको वार्ता सकिएको छ।

नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । भेटमा के कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

आज पनि दुई नेताबीच एक्लाएक्लै वार्ता भएको थियो।

फुटको संघारमा पुगेको एमालेको एकता जोगाउने विषयमा ‌ओली र नेपालबीच वार्ता भइरहेको छ।

आजको बैठकमा पनि नेपालले फागुन २८ गते ओ‌लीले गरेका निर्णय फिर्ता गरेर २०७५ जेठ ३ अघिको अवस्थामा फर्कनु पर्ने अडान दोहोर्‍याएको बुझिएको छ ।

यसअघि दुई नेताले होटलको कोठाबाट धरहरा हेरिरहेको तस्बिर सार्वजनिक भएको थियो।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ४ : ४० बजे

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन