सार्क राष्ट्रमा कोरोना संक्रमणको अवस्था कहाँ कस्तो ? | Khabarhub Khabarhub

सार्क राष्ट्रमा कोरोना संक्रमणको अवस्था कहाँ कस्तो ?


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा पनि पछिल्लो समय कोरोना संक्रमणको दर तीव्र बढ्न थालेको छ ।

सबैभन्दा बढी भारत प्रभावित भएको छ भने भुटानमा संक्रमण नियन्त्रण उन्मुख देखिन्छ । भातरमा विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ।

वर्ल्डओमिटरको तथ्यांकअनुसार विहीबार विहान समाचार तयार पार्दासम्म भारतमा १ लाख ८४ हजार ६७२, पाकिस्तानमा १६ हजार ६ सय , बंगलादेशमा १० हजार ६८३, अफगानिस्तामा २ हजार ५६७१, नेपालमा ३ हजार ११२, श्रीलंकामा ६३०, माल्दिभ्समा ७१ र भुटानमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सार्क राष्ट्रहरुले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड कडाइकासाथ लागू गर्न निर्देशन दिए पनि दैनिक संक्रमितको संख्या बढ्दो देखिएको छ ।

कोरोनाको कहर कस्तो छ सार्क राष्ट्रमा ?

भारत

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ३ लाख १५ हजार ८०२ जनामा संक्रमण भएको छ । यसअघि (सोमबार) वैशाख ८ मा भारतमा दोस्रो धेरै २ लाख ९४ हजार २९० जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख २४ हजार ८०६ पुगेको छ । भारतमा १ करोड ३४ लाख ४९ हजार ४०६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ९० हजार ७२८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार १०२ जनाको मृत्यु भएको छ ।

पाकिस्तान

भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ । कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म १६ हजार ६०० जनाको मृत्यु भएको छ भने ७ लाख ७२ हजार ३८१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै पाकिस्तानमा ५ हजार ४९९ जना थपिएका हुन् भने १४७ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा संक्रमितमध्ये ६ लाख ७२ हजार ६१९ जना उपचारपछि निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ८३ हजार १६२ रहेको छ । उनीहरुमध्ये ४ हजार ५२८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बंगलादेश

यसैगरी कोरोना भाइरसको संक्रमण बंगलादेशमा पनि बढ्दो रुपमा देखिएको छ । कोरोना भाइरसका कारण बंगलादेशमा हालसम्म १० हजार ६८३ जनाको मृत्यु भएको छ भने ७ लाख ३२ हजार बढी संक्रमित भएका छन् ।

बंगलादेशमा पछिल्लो २४ घण्टामा थप ९५ जनाको मृत्यु भएको छ भने ४ हजार २८० जना स‌ंक्रमित थपिएका छन् । बंगलादेशमा संक्रमित ६ लाख ३५ हजार १८३ जना उपचारपछि निको भइसकेको छन् । ८६ हजार १८३ सक्रिय संक्रमित रहेका छन् ।

नेपाल

पछिल्लो केही दिन यता नेपालमा पनि कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ ।

नेपालमा बुधबारसम्म कोरोना संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ । यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ९३ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ५८२ छ । हालसम्म नेपालमा कोरोना ३ हजार ११२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार नेपालमा २ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पीसीआर परीक्षणमा २ हजार २२० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १० कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमण दर बढ्न थाले पछि सरकारले कडाइका साथ स्थास्थ मापदण्ड लागू गराउन निर्देशन दिएको छ ।

श्रीलंका

सार्क राष्ट्रकै अर्को मुलुका श्रीलंकामा पनि कोरोना भाइरसको संक्रमण केही बढ्दो मात्रामा देखिएको छ ।

कोरोनाका कारण श्रीलंकामा पछिल्लो २४ घण्टामा थप पाँच  संक्रमितको मृत्यु भएको छ भने ५७८ नयाँ संक्रमित थपिएका छन् ।

योसँगै हालसम्म त्यहाँ संक्रमितको संख्या ९८ हजार ५० पुगेको छ । जसमध्ये ९३ हजार ६६८ जना उपचारपछि निको भएका
छन् भने ३ हजार ७५२ सक्रिय संक्रमित छन् । हालसम्म श्रीलंकामा ६३० जना संक्रमितको मृत्यु भएको छ ।

अफगानिस्तान

अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो छ । अफगानिस्तामा हालसम्म २ हजार ५६१ जनाको मृत्य भएको छ भने संक्रमितको संख्या ५८ हजार ३४६ पुगेको छ ।

अफगानिस्तामा पछिल्लो २४ घण्टामा १३२ जना संक्रमित थपिएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । अफगानिस्तानमा हालसम्म ५२ हजार ३०१ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ४८४ रहेको छ ।

माल्दिभ्स

सार्क राष्ट्रहरुमध्यकै अर्को मुलुक माल्दिभ्समा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २६ हजार ९२० पुगेको छ ।

हालसम्म माल्दिभ्समा ७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म त्यहाँ २३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ हजार ९१४ रहेको छ ।

भुटान

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम प्रभाव भुटानमा देखिएको छ । भुटानमा हालसम्म कोरोना संक्रमितको संख्या ९८६ पुगेको छ ।

भुटानमा संक्रमितमध्ये ८८३ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म १ जना स‌क्रमितको मृत्यु भएको छ । हाल १०२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा २० नयाँ संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ११ : ०१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन