पाँच वर्षमा ३६ प्रतिशत विद्यालयको पुनर्निर्माण पूरा | Khabarhub Khabarhub

पाँच वर्षमा ३६ प्रतिशत विद्यालयको पुनर्निर्माण पूरा

४३१२ वटा पूरा हुने चरणमा, १५ सयले कार्यक्रम पाएनन्


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको ६ वर्ष भएको छ । भूकम्पले निजी आवास, सार्वजनिक भवन, राष्ट्रिय सम्पदाजस्ता भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । करिब ८ हजार मानिसको ज्यान गएको थियो ।

भूकम्पले क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पनि पाँच पूरा भई एक वर्ष म्याद थपिएको छ । थपिएको म्याद पनि आगामी पुसमा पूरा हुनेछ ।

भूकम्पले देशभरका करिब ३५ हजार सामुदायिक विद्यालय मध्ये ३१ जिल्लाका ९ हजार ५५२ विद्यालयमा आंशिक तथा पूर्ण क्षति पुगेको थियो ।

पुनर्निर्माण प्राधिकरणले विद्यालयहरुलाई आंशिक तथा पूर्ण क्षतिग्रस्तमा वर्गीकरण गरी तथ्यांक संकलन गरेको थियो ।

जसमध्ये पुनर्निर्माण हुनुपर्ने ३३७ विद्यालय अर्को विद्यालयमा गाभिए भने १५३ विद्यालय सधैँका लागि बन्द भए ।

प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का सूचना अधिकारी प्रकाश महर्जनका अनुसार प्राधिकरणले जम्मा ९ हजार ७२ विद्यालयको पुनर्निर्माण अघि बढाएको थियो । पाँच वर्षमा ३ हजार २४१ विद्यालय पुनर्निर्माण सम्पन्न भएको उनले बताए ।

सबैभन्दा धेरै विद्यालय धादिङ जिल्लामा पुनर्निर्माण भएका छन् । धादिङका ५८८ विद्यालयमा क्षति भएको थियो । यीमध्ये तीन वटा विद्यालय गाभिए, दुई वटा सधैँका लागि बन्द भए । पुनर्निर्माण गर्नुपर्ने ५८३ विद्यालय भवनमध्ये २७३ वटाको काम सम्पन्न भएको छ । बाँकी २५१ वटा पूरा हुने चरणमा छन् ।

भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको गार्खामा पनि धेरै विद्यालय पुनर्निर्माण भएका छन् ।

गोर्खामा ५१७ विद्यालयमा क्षति पुगेकोमा ९१ वटा विद्यालय गाभिए । पुनर्निर्माण हुनुपर्ने ४२६ विद्यालयमध्ये २०४ वटाको काम पूरा भएको छ । बाँकी २०१ विद्यालय निर्माणाधीन छन् ।

सूचना अधिकारी महर्जनका अनुसार काभ्रे जिल्लाका १०५, मकवानपुरका २२४, ललितपुरका ५९, काठमाडौँका ५०, नुवाकोटका २५०, ओखलढुङ्गाका १३० गरी ३१ जिल्लाका ३ हजार २४१ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।

प्राधिकरणले विभिन्न गैरसरकारी संस्थाहरुको सहयोगमा विद्यालय पुनर्निर्माण अघि बढाएको थियो । प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमार्फत ६०८ विद्यालयको पुनर्निर्माण पूरा गरेको छ, १८२ विद्यालय निर्माणाधीन छन् ।
त्यस्तै निर्माण व्यवसायी कम्पनीहरुमार्फत प्राधिकरणले २५६ विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको छ, ४७१ विद्यालय निर्माणाधीन छन् ।

प्राधिकरणको ‘जिल्ला परियोजना कार्यान्वयन शिक्षा इकाइ’ मार्फत १ हजार ७१३ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । तीन हजार ४२० विद्यालय भवन निर्माणाधीन छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत ६६४ विद्यालय पुनर्निर्माण भएका छन्, २३९ विद्यालय निर्माणाधीन छन् ।
हाल निर्माणाधीन विद्यालयको संख्या ४ हजार ३१२ छ, ३ हजार २४१ वटाको निर्माण पूरा भएको छ ।

१५ सयले पाएनन् पुनर्निर्माण कार्यक्रम

पुनर्निर्माणको काम पाँच वर्ष पूरा भए पनि अझै १५ सय विद्यालयले पुनर्निर्माण कार्यक्रम पाएका छैनन् ।

पुनर्निर्माणको कार्यक्रम नपाउनेमा मकवानपुर जिल्लाका विद्यालय धेरै छन् । मकवानपुरमा यस्ता विद्यालय १३५ वटा छन् ।

काठमाडौँ जिल्लाका ११६ वटा, काभ्रेका १०५ वटा, सिन्धुलीका ११७ वटा, गुल्मीका १२४ वटा, सोलुखुम्बुका ७० वटा, भोजपुरका ८६ वटा विद्यालय लगायत ३१ जिल्लाका १ हजार ४९५ विद्यालयले हालसम्म पुनर्निर्माणको कार्यक्रम नपाएको प्राधिकरणले जनाएको छ ।
क्षतिको विवरण समयमा नपठाएका विद्यालयले पुननिर्माणको कार्यक्रम नपाएको प्राधिकरणको शिक्षा इकाइका सूचना अधिकारी महर्जनले बताए ।

उनका अनुसार पहिले भूकम्पले क्षति पु¥याएको भनेर करिब ७ हजार विद्यालयको विवरण प्राधिकरणमा आएकोमा निर्माण शुरू भएपछि करिब २ हजार विद्यालय थपिए ।

जग्गाको अभाव भएका र विद्यार्थी संख्या साहै्र कम भएका विद्यालय पुनर्निर्माणमा परेनन् । प्राधिकरणका अनुसार क्षति पुगे पनि २९ वटा विद्यालयले पुनर्निर्माणको माग नै गरेनन् ।

खानेपानी र शौचालय पनि

पुनर्निर्माण प्राधिकरणले विद्यालय भवन, कक्षाकोठासँगै विद्यालयमा आवश्यक पर्ने खानेपानीको पूर्वाधार र शौचालय पनि निर्माण गरेको छ ।

प्राधिकरणका अनुसार २ हजार ६८६ शौचालय निर्माण भएका छन्, २ हजार ३३७ शौचालय निमार्णाधीन छन् ।

त्यस्तै २१० विद्यालयमा ट्याङ्कीसहित खानेपानीको पूर्वाधार निर्माण भएको छ । एक हजार ४९३ वटा विद्यालयमा खानपानीको पूर्वाधार बन्दैछ ।

सूचना अधिकारी महर्जनले विवरण ढिला आएका विद्यालयले पुनर्निर्माणको पाउन नसकेको बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ९ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०