'विषादीयुक्त' सिनो खाँदा एकैदिन ६७ गिद्ध मरे | Khabarhub Khabarhub

‘विषादीयुक्त’ सिनो खाँदा एकैदिन ६७ गिद्ध मरे



नवलपुर– पश्चिम नवलपरासीको सदरमुकाम परासी नजिकै एकै दिन ६७ वटा गिद्ध मरेका छन् ।

रामग्राम नगरपालिका वडा नं ४ जीतपुरमा विषादी खाएर मरेको सिनो खाँदा एकै पटक त्यति धेरै गिद्ध मरेको स्थानीयले बताएका छन् । तर गिद्ध मर्नुको खास कारण भने खुलिसकेको छैन ।

प्राकृतिक सन्तुलनलाई कायम राख्ने उदेश्यले नवलपुरको कावासोती १२ स्थित पिठौलीमा रहेको जटायु रेष्टुरेण्ट व्यवस्थापन समिति र नेपाल पंक्षी संरक्षण संघले परासीमा ६७ वटा मृत र एउटा बिरामी अवस्थाको गिद्ध फेला पारेको जनाएको छ ।

संरक्षणकर्मी डिवी चौधरीले दिएको जानकारी अनुसार मृतावस्थामा भेटिएका ६७ वटा गिद्ध ४ प्रजातिका छन् । तीमध्ये ३३ वटा डंगर, ३१ वटा हिमाली गिद्ध, २ वटा राजगिद्ध र सानो खैरो प्रजातिको गिद्ध एउटा मृत भेटिएका छन् ।

एउटा बिरामी अवस्थामा भेटिएकाले उद्धार गरी स्थानीय पशुपंक्षी प्राविधिकको प्रयासमा उपचार भइरहेको छ । मृत भेटिएकामध्ये एउटा गिद्धमा जटायु रेष्टुरेण्टले यसअघि उद्धार गरी चिनारीका लागि ट्याग लगाएर छोडिएको जंगली गिद्ध भएको चौधरीले बताए ।

चौधरीकाअनुसार एकैपटक एकै स्थानमा यति ठूलो संख्यामा मृतावस्थामा गिद्ध भेटिएपछि स्थलगत अनुगमनमा वातावरण–प्राकृतिक तथा पंक्षी संरक्षणसँग सम्वन्धित सरोकारवालाहरुको प्रतिनिधिमण्डल सहितको टोलीका साथै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी, जिल्ला वन कार्यालय प्रमुख, प्रहरी सहितको टोली स्थलगत अनुगमनमा पुगेको थियो ।

घटनास्थल नजिकैको क्षेत्रमा ३ वटा वोरामा पोको पारेर फ्याकिएको अवस्थामा ३ वटा मृत कुकुर भेटिएकाले गिद्धको मुख्य आहारा मृत बस्तु (सिनो) भएकाले उक्त सिनो आफ्नो आहाराका रुपमा प्रयोग हुँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको चौधरीले बताए ।

प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षणका लागि विभिन्न अभियानहरु चलिरहेकाबेला एकै पटक ठूलो संख्यामा गिद्ध मरेको छ । गिद्ध संरक्षण गर्ने उद्देश्यले नवलपरासीपूर्व कावासोती नगरपालिका १२ पिठौलीमा जटायु रेष्टुरेन्ट सञ्चालन गरिँदै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ९ : १५ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्