दक्षिण एशियाको धार्मिक अतिवाद र उग्रराष्ट्रवाद | Khabarhub Khabarhub

दक्षिण एशियाको धार्मिक अतिवाद र उग्रराष्ट्रवाद


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— मार्च महिनाको शुरूवातमा भारतका स्वास्थ्यमन्त्री हर्षवद्र्धनले आफ्नो देश कोभिड–१९ महामारीको अन्त्यतर्फ लम्किएको घोषणा गरेका थिए । यसअघि जनवरीमै भारतले भ्याक्सिन कूटनीतिलाई ध्यानमा राख्दै संसारका थुप्रै देशमा भ्याक्सिन पठाउन थालेको थियो ।

सेप्टेम्बरको मध्यमा भारतमा साताको औसत प्रतिदिन ९३ हजार जनामा संक्रमण देखिएको थियो । साताको औसत प्रतिदिन ११ हजार भन्दा कम भएपछि यो घोषणा स्वाभाविक पनि हो ।

भारत बिस्तारै कोरोना महामारीबाट मुक्त हुँदै मात्र गएन, प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भ्याक्सिन गुरु’ उपमा पाउन थाले । फेबु्रअरीको अन्त्यमा भारतले पाँच राज्यमा चुनाव घोषणा गर्‍यो ।

भारतले सामाजिक दूरीको प्रोटोकल बेवास्ता गर्न थालेको थियो । गुजरातको नरेन्द्र मोदी क्रिकेट मैदानमा १ लाख ३० हजारको उपस्थितिमा इङ्ल्यान्ड र भारतबीचमा खेल भएको थियो । मास्क लगाउने दर्शक विरलै थिए ।

भारतमा स्वास्थ्य संकटकाल घोषणा भएको छ । चिहान घरको भिड र अस्पतालमा आफन्तहरू शव कुरेर बसेको भिड सामाजिक सञ्जालमा छरपस्ट छ । सन् २०२१ को सुरुवातमा युरोप र अमेरिकाको जस्तै अवस्था भारतमा देखिन थालेको छ ।

एक महिनामा परिस्थिति धेरै बदलिएको छ । आइतबार मात्र २ लाख ७० हजारभन्दा बढी संक्रमित फेला परे, १६०० भन्दा बढीको ज्यान गयो । यो दुवै संख्याले रेकर्ड बनाएका थिए । आगामी जुनको पहिलो सातासम्ममा भारतमा प्रतिदिन २ हजार ३०० जनाको मृत्यु हुने अनुमान छ ।

भारतमा स्वास्थ्य संकटकाल घोषणा भएको छ । चिहान घरको भिड र अस्पतालमा आफन्तहरू शव कुरेर बसेको भिड सामाजिक सञ्जालमा छरपस्ट छ । सन् २०२१ को सुरुवातमा युरोप र अमेरिकाको जस्तै अवस्था भारतमा देखिन थालेको छ ।

अस्पतालको एउटै शय्यामा दुई जना बिरामी राखिएका छन् । प्यासेज र लबीमा पनि छन् । अस्पताल भार थेग्न असमर्थ भइसकेका छन् । अस्पतालको शय्या, औषधि र अक्सिजनको पनि माग पूरा गर्न सरकार असफल भएको छ । बजारमा औषधिको कालो बजारी चलेको छ ।

कोरोना परीक्षणको रिपोर्ट आउन धेरै दिन लाग्न थालेको छ । ‘उनीहरूले मेरो बच्चा मरेको तीन घण्टासम्म थाहा दिएनन्’ भन्दै अस्पताल अगाडि महिला बिलौना गर्दै थिइन् ।

भारतको भ्याक्सिन वितरण समेत प्रभावकारी हुन सकेन । शुरूवाती दिनमा दुई घरेलु भ्याक्सिन प्रभावकारिताको शीतयुद्धमा तल्लीन भए । गत सातासम्म भारतमा १० करोड भन्दा बढी डोज भ्याक्सिन वितरण भएको छ ।

संसारको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी सेरम इन्स्टिच्युट भारतमै छ । यस इन्स्टिच्युटले आगामी जुन महिनासम्म उत्पादन क्षमता बढाउन नसक्ने जनाइसकेको छ । सेरमले कच्चा पदार्थको अभाव रहेको र आर्थिक समस्या भएको जनाएको छ ।

यो बीभत्स घटनाका बाबजुद अहिले पनि दर्शकविना क्रिकेट खेल भइरहेको छ । निर्वाचन कार्यक्रममा हजारौँ सहभागी हुने गरेका छन् । धार्मिक कार्यक्रम पनि यस्तै उपस्थिति हुने गरेको छ । विज्ञहरूले हेलचेक्र्याइँका कारण सरकारले नै दोस्रो लहर आउन दिएको आरोप लगाउन थालेका छन् ।

मध्य फेब्रुअरीमा एक सञ्चारकर्मीले महाराष्ट्रको एक शहर लगायत केही स्थानमा संक्रमण बढ्न थालेको भन्दै यो राम्रो संकेत नभएको भन्ने समाचार प्रकाशित गरेको थियो । दोस्रो लहर आउनुअघि नै भारतीयहरूमा कोरोना महामारी जितिसकेको जस्तो दम्भ देखिएको थियो ।

बिहे, भोजभतेर, सभासमारोहमा बाक्लो उपस्थिति, राजनीतिक कार्यक्रम र धार्मिक महोत्सवले भारतको अहिलेको यो विकराल अवस्था निम्त्याएको हो ।

सरकारले जुलाईको मध्यसम्ममा २५ करोड व्यक्तिलाई पूर्ण इम्युन गराउने गरी भ्याक्सिन दिइसक्ने लक्ष्य राखेको थियो तर संक्रमण दर घटेसँगै भ्याक्सिन लगाउने क्रम पनि घटाइयो । नागरिक तहबाट पनि यसबारे आवाज उठाएन ।

नागरिक स्वास्थ्यसँग सरोकार राख्ने व्यक्तिहरूको मतअनुसार उग्रराष्ट्रवाद र भारतीयहरू शारीरिक रूपले बलिष्ठ छन् दम्भका कारण यो दुर्घटना निम्तिएको हो । धेरै भारतीयले हर्ड इम्युनिटीको विकास भइसकेको र आफूलाई केही नहुने धारणा राख्न थालेका थिए ।

भौतिकशास्त्र र जीवशास्त्रका प्राध्यापक गौतम मेनन भारतले जनवरीदेखि नै नयाँ भेरिएन्ट र यसले निम्त्याउने सक्ने भयावह अवस्थाबारे सावधानी अपनाएको भए यो स्थिति आउने थिएन भन्छन् ।

आफूहरूले फेब्रुअरीमै महाराष्ट्रमा नयाँ भेरिएन्ट देखिएको भनेको भए पनि सरकारी विज्ञहरूले यसलाई नसुनेको आरोप मेननको रहेको छ ।

अन्यत्र दोस्रो लहरले क्षतविक्षत भइरहेको अवस्थामा उग्रराष्ट्रवादका कारण भारतले कोरोना महामारी अन्त्य भएको घोषणा गरेर भयङ्कर गल्ती गरेको मेनन बताउँछन् । सामाजिक दूरी त परै जाओस् मास्क अनिवार्य गर्नसमेत सरकार असफल भयो ।

२५ मार्चमा पुग्दा भारतमा भेटिएको संक्रमणमा तीन नयाँ भेरिएन्ट फेला परे । १८ प्रान्तमा १० हजार ७८७ नमूनामा गरिएको परीक्षणमा ७३६ जनामा युके र ३४ मा दक्षिण अफ्रिकी या ब्राजिली भेरिएन्ट देखा परेको थियो । अहिलेको भयावह अवस्थापछि धेरै भारतीय शहरहरूमा लकडाउन भएको छ ।

कुनै समय सामान्य रहेको दक्षिण एसिया अहिले केही साता कोरोनाको लहरले क्षत विक्षत भएको छ । सतर्क रहने, आफूलाई सुधार गर्ने र महामारीको चपेटाबाट सबै सावधानी अपनाउने राज्य र व्यक्तिगत अवसरलाई दक्षिण एसियाले खेर फालेको छ । दक्षिण एसियामा धार्मिक अतिबाट र उग्र राष्ट्रवाद महामारीको कारण यो पहिलो घटना भने होइन ।

संसारमा नै कोरोना महामारीको दोस्रो लहर घातक बनेको छ । पहिलो लहरमा भन्दा दोस्रो लहरमा मानिसको हेलचेक्र्याइँ बढेको जनस्वास्थ्य विज्ञ डा. लिसा लोकर्डको धारणा छ ।

कुनै समय सामान्य रहेको दक्षिण एसिया अहिले केही साता कोरोनाको लहरले क्षत विक्षत भएको छ । सतर्क रहने, आफूलाई सुधार गर्ने र महामारीको चपेटाबाट सबै सावधानी अपनाउने राज्य र व्यक्तिगत अवसरलाई दक्षिण एसियाले खेर फालेको छ । दक्षिण एसियामा धार्मिक अतिबाट र उग्र राष्ट्रवाद महामारीको कारण यो पहिलो घटना भने होइन ।

बङ्गलादेश र पाकिस्तानको पनि अवस्था त्यतिकै खराब भएको छ । बङ्गलादेशका ठूला शहरमा अस्पतालका आइसियु भरिएका छन् । रङपुर जिल्लामा मात्र पछिल्लो साता १४ प्रतिशतभन्दा बढी संक्रमण दर रहेको छ । सिङ्गो परिवार नै संक्रमित हुने क्रम बढ्दो छ । बङ्गलादेशमा पनि यसरी संक्रमण बढ्नुको मुख्य कारण सरकारको बेवास्ता नै हो भनिन्छ ।

विपक्षी बिएनपीले भर्चुअल पत्रकार सम्मेलन गरेर सरकारको कमजोर नीति र भ्रष्टाचार नै अहिलेको भयावह अवस्थाको कारण हो भन्ने आरोप लगाएको छ ।

अहिले बङ्गलादेशले लकडाउनको बाटो समाएको छ । अप्रिल २८ सम्मका लागि लकडाउन गरिएको छ । बङ्गलादेशमा १९ अप्रिलका दिन कोभिडले ११२ जनाको ज्यान गयो । बङ्गलादेशमा मृत्युका यो पहिलो ठूलो संख्या हो ।

१८ अप्रिलमा पाकिस्तानमा पनि १४९ जनाको ज्यान गयो । यो संख्या २५ जुनपछिको सबै भन्दा धेरै हो । जनसंख्याको तुलनामा पाकिस्तानमा कम संक्रमण देखिएको छ । तुलनात्मक रूपमा अनुशासित र सामाजिक सुरक्षाका प्रोटोकल मान्ने भएकाले पाकिस्तानमा अहिले नै विकराल अवस्था नभइसकेको जनाइएको छ ।

दक्षिण एसियाका भारत, पाकिस्तान र बङ्गलादेशका उदाहरण हेर्ने हो भने यी तीनै देशमा मुख्य समस्या राजनीतिक अतिवाद उग्रराष्ट्रवाद र भ्रष्टाचार हुन् । कोरोना महामारी आउनु अगावै दक्षिण एसिया यी समस्याले ग्रस्त थियो । धार्मिक अतिवाद र उग्रराष्ट्रवादले क्षतविक्षत भएको इतिहास पनि छ ।

काश्मीरको विवाद, अफगानिस्तानको युद्ध, भारत र पाकिस्तानको विभाजन तथा पाकिस्तान र बङ्गलादेशको विभाजन कहीँ न कहीँ यही उग्रराष्ट्रवाद र धार्मिक अतिवादसँग जोडिएका छन् ।

सन् १९४७ मा भारत र पाकिस्तान विभाजन भएपछि दुवै देशले जम्मु र काश्मीर राज्यलाई आफ्नो दाबी गरेकाले बारम्बार झडप भएको छ । यहाँको जम्मु, लद्दाख, काश्मीर उपत्यका सहित ५५ प्रतिशत भूभाग र ७० प्रतिशत जनसंख्या भारतको पकडमा छ ।

अजात काश्मीर र गिलित काललिस्तान समेत गरी ३५ प्रतिशत पाकिस्तानले ओगटेको छ । आकासी चिन लगायत २० प्रतिशत भूभागमा चीनको पकड छ । यस क्षेत्रमा बारम्बारको लडाइँ रोक्न लाइन अफ कन्ट्रोल छ, सिमला सम्झौता भयो ।

यसलाई तोड्दै सन् १९९९ मा कारगिलमा झडप भएपछि फेरि त्यहाँको भूभागमा तनाव शुरू भएको हो । यसका पछाडि रहेको मुख्य कारण नै हिन्दु र मुसलमानबीचको धार्मिक मत रहेको जनाइन्छ ।

दक्षिण एशियामा यस्ता अनकौँ समस्या छन् । समस्याको मूल कारण धार्मिक अतिवाद र उग्रराष्ट्रवाद नै हो ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ७ : ५९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका