एमाले नेपाल पक्षले स्पष्टीकरणको जवाफ लिखित रुपमै दिने | Khabarhub Khabarhub

एमाले नेपाल पक्षले स्पष्टीकरणको जवाफ लिखित रुपमै दिने

स्पष्टीकरणमा सोधियो : 'प्रचण्डको मतियार भई' पार्टी हित विपरित काम गर्नुको कारण के हो ?


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माधव कुमार नेपाल पक्षले नेकपा एमाले संस्थापन पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने भएको छ ।

ललितपुरमा सोमबार सम्पन्न नेपाल–खनाल पक्षका स्थायी कमिटी सदस्यहरूको अनौपचारिक छलफलले स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्ष निकालेको हो ।

पार्टी हित विपरित गतिविधि गरेको भन्दै महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित चार जना नेतालाई स्पष्टीकरण दिन पत्राचार गरेका थिए ।

‘महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको पत्र आज प्राप्त भएको छ, भोलिसम्म यसको लिखित जवाफ तयार हुन्छ,’ माधव-झलनाथ पक्षका एक नेताले भने ।

गत चैत ७ गते बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेको भन्दै ओली पक्षले माधव पक्षका नेताहरूलाई कारवाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा नेता नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर पार्टी फुटाउन खोजेको आरोप लगाइएको छ ।

पत्रमा प्रधानमन्त्री ओलीविरुद्ध १० पृष्ठ लामो अराजनीतिक शत्रुतापूर्ण आरोप तयार गर्न पार्टीको नाम, झण्डा र लोगोमा अनाधिकृत प्रयोग गरी प्रचण्डको मतियार भई पार्टीहित विपरित काम गर्नुको कारण के हो ? भन्दै प्रश्न सोधिएको छ ।

पत्रको बुँदा नम्बर ९ मा भनिएको छ, ‘माधव नेपालहरुले सके एमाले कब्जा गरेर नसके विद्रोह गरेर माओवादी केन्द्रसँग एकता गर्न आउनुहुन्छ भन्ने पुष्पकमल दाहालका सार्वजनिक भनाइहरुप्रति तपाईंको मौन समर्थन रहनुको रहस्य वा कारण के हो ? यसबीचमा पनि पुष्पकमल दाहालसँगको निरन्तर भेटघाट जारी रहनुको अर्थ के हो ? ’

पत्रमा नेता नेपालले पार्टीको विधानविपरित गुटबन्दी गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको पार्टी प्रतिको निष्ठा र विश्वास नरहेने गरी भ्रम गरेको पार्टी कमिटी बैठकको गोपनियता भंग गराएको, पार्टीको आन्दोलनमा विपक्षीसँग साँठगाँठ गरेको, पार्टीमाथि नै आँच आउने गरी पार्टीलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरु के कति कारण निरन्तर गराएको भन्दै स्पष्टिकरण सोधिएको छ ।

‘अध्यक्ष ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्य समेतबाट के–कुन आधारमा सडकबाटै कथित निष्कासनको निर्णय गराउनु भएको हो ?’, पत्रमा भनिएको छ, ‘विपक्षी दलहरुसँग गठबन्धन गरी आफ्नो अध्यक्ष ओली नेतृत्वको सरकार गिराउन र अन्य राजनीतिक पार्टीका नेताहरलाई प्रधानमन्त्री बनाउन षड्यन्त्र गर्नुको कारण के हो ?

यस्तो छ एमालेले माधव नेपाललाई सोधेको १० बुँदे स्पष्टीकरण (पूर्णपाठ) 

यस्तो छ स्पष्टीकरण

तपाईं माधवकुमार नेपालले हाम्रो पार्टी बिधानबिपरित पार्टी तथा नेतृत्वको सरकारबिरुद्ध देहाय बमोजिमका क्रियाकलापहरुमा नेतृत्व र अगुवाई के कति कारणले गर्नुभएको हो ?

१. तपाईले सावित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्ट अध्यक्ष केपी शर्मा ओलीका बिरुद्धमा ‘१९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापुर्ण आरोप’ तयार पार्न, पार्टी बिधानको ब्यवस्थाबिपरित छापामार शैलीमा तात्कालिन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगोसमेतको अनाधिकृत रुपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर बितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित बिपरित कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?

२. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिधानबिपरित सडक तथा अनाधिकृत स्थानमा बसी अनाधिकृत र कानून बिपरित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र साधरण सदस्यसमेतबाट के–कुन आधारमा सडकबाटै कथित निश्कषशनको निर्णय गर्नु/गराउनु भएको हो ?
३. निर्वाचन आयोगमा पार्ट बिधान र हित बिपरित पटक–पटक तपाई र तपाईसमेत भई बिभिन्न प्रकारका निवेदनहरु के कति कारणले गर्नू/गराउनु भएको हो ?

४. पार्टी फुटाउने उदेश्यले पार्टीको नाम, चिन्ह र भण्डासमेत कुनै एउटा समुह वा गुटले मात्र प्रयोग गर्ने÷गराउने उदेश्यका साथ बिभिन्न किथत निवेदन लिई निर्वाचन आयोगमा पटक–पटक किन जानु भएको हो ? र, पार्टी फुटाउँदा के–कुन उदेश्य हासिल हुने हो ?

५. पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत ४ गते गरिएको मौीखक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुप्योग गरी मिति २०७७ चैत ४ र ५ गते कथित राष्ट्रिय भेला गरेको, बिभिन्न अन्य भेलाहरु निरन्तर गरिरहेको, बिभिन्न पार्टी कमिटी तथा भातृ संगठनहरुको भेला गरी अनाधिकृत रुपले बिभिन्न कार्य गरी÷गराई पार्टी फुटाउन नेतृत्व र अगुवाई किन गर्नुभएको हो ?

६.तपाई आफ्नै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको लोकप्रिय सरकारका बिरुद्ध संसद, सञ्चार माध्यम र सडकबाट निरन्तर बिरोध गरेको र आफ्नै सरकारका बिरुद्ध आफ्नो दलका नेता एवं प्रधानमन्त्रीलाई थाहै नदिइ छापामार शैलीमा अबिश्वासको प्रस्ताव तयार गरेको, प्रतिनिधिसभाका कतिपय माननीय सदस्यहरुको फर्जी हस्ताक्षर समेत गरी मिति २०७७ पुस ५ गते संसद सचिवालयमा अबिश्वसको प्रस्ताव दर्ता गर्ने प्रयाश गरेको जस्तो गर्नै नहुने अत्यन्तै हानिकारक र अनुशासनहीन काम किन गर्नुभयो ?

७.सम्मानीत सर्वाेच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दसौं, एघारौं र बाह्रौ बैठक र संसदीय दलको बैठकहरुमा समेत उपस्थित हुनुको साटो पार्टीको बिधान र निर्देशनबिपरित पार्टी रु जनसंगठनहरुको नाम, झण्डा र चिन्हको दुरुप्योग गरी समानान्त्र संगठन निर्माण गर्ने र कथित राष्ट्रिय कार्यकर्ता भेला तथा बिभिन्न नामका कथित भेलाहरु आयोजना गर्नु र पार्टी र पार्टीको एकताबिरोधी प्रस्ताव प्रस्तुत एवं पारित गर्नु/गराउनुको उदेश्य के हो ?

८. बिपक्षी राजनीतिक दलहरुसँग गठबन्धन गरी आफ्नो पार्टीको अध्यक्ष एवं दलका नेता केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन र अन्य राजनीतिक पार्टीको नेताहरुलाई प्रधानमन्त्री बनाउन षडयन्त्र गर्नुको कारण के हो ?

९. माधव नेपालहरु सके एमाले कब्ज गरेर, नसके बिद्राहे गरेर नेकपा –माओवादी केन्द्र) सँग एकता गर्न आउनु हुन्छ भन्ने पुष्पकमल दाहालका सार्वजनिक भनाईहरुप्रति तपाईको मौन समर्थन रहनुको रहष्य वा कारण के हो ? यसबीचमा पनि पुष्पकमल दाहालसँगको निरन्तर भेटघाट जारी रहनुको अर्थ के हो ?

१०. माथि उल्लेखति क्रियाकलापहरुका साथै तपाईले पार्टी हित बिपरित पार्टीको बैधानिक ब्यवस्था र कार्यक्रमको बिपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी बिधान तथा निर्णयबिपरित गुटबन्द तथा षडयन्त्र गरेको, पार्टी निर्णय बारम्बार उलंघन गरेको, पार्टीप्रतिको निष्ठा र बिश्वस नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र बिश्वसबाट च्यूत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर बिभिन्न क्रियाकलापहरु सञ्चालन गरे/गराएको, पार्टी कमिटीको गोपनीयता भंग गरे/गराएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको बिपक्षमा रहेको वा बिपक्षीसँग साँठगाँठ गरे/गराएको, केन्द्रीय जनप्रतिनिधि संस्थालगयत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनबिपरित बिभिन्न कार्यहरु निरन्तर गरिरहेको/गराईरहेको र यस्ता अवाञ्छित क्रियाकलापहरुमा पार्टीको जिम्मेवार ब्यक्तिहरुलाई सम्मितिल गराएको/उक्साएको, अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहितबिपरित काम गरे/गराएको, पार्टीको बिधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नूपर्ने भनी उल्लिखत कर्तब्यको उलंघन गरे/गराएको समेत प्रष्ट देखिएकोले यस्तो क्रियाकलाप निरन्तर गरी/गराई पार्टी हितबिपरित, पार्टीको एकता, अक्षुण्णता र अग्रगामी कार्यको बिरुद्ध, पार्टीले राष्ट्रहित तथा जनहितका लागि गरिरहेको र गर्नूपर्ने कार्यलाई रोक्ने र पार्टी जीवन तथा समग्र पार्टीमाथि नै आँच आउने गरी पार्टीलाई बिभाजनको दिशामा लाग यस्ता बिभिन्न अनुचित क्रियाकलापहरु गरे/गराईएकोले त्यस्ता बिभिन्न क्रियाकलापहरु के–कति कारणले निरन्तर गर्नु/गराउनु भएको हो ?

मिति २०७७ चैत ७ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बाह्रौं बैठकको निर्णय बमोजिम माथी उल्लिखित बिषयहरुमा तपाईले पार्टी विधानको धारा ४९ (क) को १, २, ३, ४, ५, ६, ७ ९, १० र १४ को उल्लंघन गरेको सप्रमाण देखिएकोले तपाईलाई पार्टी विधान बमोजिम कारवाही किन नगर्ने ? यस सम्बन्धमा माथि उल्लेखित सबै विषयहरुमा स्पष्ट पार्न तपाईलाई तीन दिनको समय दिईएको छ । तीन दिनभित्र स्पष्टीकरण सहित लिखित जवाफ प्रस्तुत नगरेमा पार्टीको विधान र नियमावली बमोजिम कारवाही हुने व्यहोरा अवगत गराईन्छ ।

ईश्वर पोखरेल
महासचिव

 

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ८ : २७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन