बाघको छालासहित चार जना पक्राउ | Khabarhub Khabarhub

बाघको छालासहित चार जना पक्राउ


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँके प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ।

बैजनाथ गाउपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डमा बाघको छाला र हड्डीको कारोबार भइरहेको अस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका– ११ का ५० वर्षीय गंग बहादुर खत्री, सोही गाउँका २० वर्षीय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका–४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका–४ का ३८ वर्षीय जयलाल नेपाली छन्।

प्रहरीले चेकजाँचका क्रममा चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

उनीहरूले बोकेको झोलामा पाटे बाघको छाला एक र गंग बहादुरको हातमा रहेको प्लाष्टिकको बोरामा बाघको जस्तो देखिने हड्डी साढे दुई किलोग्राम फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ४५ बजे

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका