अभिनेता कार्तिक आर्यनलाई कोरोना | Khabarhub Khabarhub

अभिनेता कार्तिक आर्यनलाई कोरोना


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– पछिल्लो पुस्तामा बलिउडका रुचाइएका अभिनेता कार्तिक आर्यनलाई कोरोना संक्रमण भएको छ ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै ‘पोजेटिभ भएको छ, प्रार्थना गर्नु’ भनी लेखेका छन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार कार्तिक फिल्म ‘भूलभूलैया २’को सुटिङमा व्यस्त थिए । फिल्ममा किआरा आडवाणी र तब्बूको पनि अभिनय छ ।

फिल्ममा अनिश बज्मीको निर्देशन छ । कोरोना महामारीका कारण फिल्मको सुटिङ कैयौं पटक सारिएको थियो । लकडाउन सकिएपछि फिल्मको काम पुनः सुरु भएको थियो ।

दुई दिन अघिमात्र कार्तिक ‘लेक्मे फेसन विक’मा अभिनेत्री कियारा आडवाणीसँग र्‍याम्प वाकमा देखिएका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ४८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन