सहमित कार्यान्वयनका लागि विप्लवले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण | Khabarhub Khabarhub

सहमित कार्यान्वयनका लागि विप्लवले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । नेकपा नेता विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा सरकारसँग भएको सहमति कार्यान्वयनका बिषयमा छलफल भएको नेता दिपक चलाउनेले जानकारी दिए । गत फागुन २० गते विप्लव समूह र सरकारबीच भएको सहमति अनुसार विप्लवले आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न ढिला भएको बताएका चलाउनेले बताए ।

नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता तथा कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने तीन बुँदे सहमति भएको थियो ।

जवाफमा प्रधानमन्त्री सकारात्मक हुनुभएको पाएको चलाउनेले बताए । सरकारसँगको सहमितपछि फागुन २१ गते विप्लव समूह भूमिगत जीवनबाट बाहिर आएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ३ : ४८ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार