रुसले सोयुज यानमार्फत अन्तरिक्षमा पठायो ३८ वटा भूउपग्रह | Khabarhub Khabarhub

रुसले सोयुज यानमार्फत अन्तरिक्षमा पठायो ३८ वटा भूउपग्रह


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसको सोयुज अन्तरिक्ष यानलाई ३८ वटा विदेशी भूउपग्रह लिएर सोमबार अन्तरिक्षतर्फ पठाइएको छ । कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण गरिएको रुसी अधिकारीहरुले बताएका छन् ।

विगतमा प्राविधिक कारणवश दुई पटक स्थगित गरिएको उडान आज (सोमबार) सफल भएको रुसी अन्तरिक्ष निकाय रोसकोसमोसले जनाएको छ । अन्तरिक्ष पठाइएका भूउपग्रहहरु दक्षिण कोरिया, जापान, क्यानडा, साउदी अरेबिया, जर्मनी, इटाली र ब्राजिल समेत १८ वटा मुलुकका छन् ।

अन्तरिक्षमा प्रक्षेपण गरिएका भूउपग्रहमध्ये ट्युनिसिया आफैंले विकास गरेको भूउपग्रहसमेत रहेको छ । यो उपग्रह टेल्नेट दूरसञ्चार समूहले तयार पारेको हो ।

सोभियत संघको पतनपछि ‍रुसको अन्तरिक्ष कार्यक्रमले धेरै किसिमका समस्या झेल्नु परेको छ । खासगरी अन्तरिक्ष अभियानमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढेको छ भने रुसी अन्तरिक्ष कार्यक्रममा भ्रष्टाचार चुलिएको र प्रविधिगत सुधारमा कमी भएको आरोप लाग्दै आएको छ ।

सन् २०१८ मा रसियाली र अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्ष यात्री बोकेर उडेको एउटा सोयुज यानमा प्राविधिक गडबढी देखिएपछि सबै यात्री आपतकालीन रुपमा सकुशल पृथ्वीमा अवतरण गरेका थिए । (रासस–एएफपी)

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  २ : ५९ बजे

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म

कतारका अमिर थानी काठमाडौंमा कतारका अमिर शेख तमिम बिन हमाद

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आज

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले