खबरहब एप आईएसओमा पनि उपलब्ध | Khabarhub Khabarhub

खबरहब एप आईएसओमा पनि उपलब्ध


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेभेलियन मिडिया प्रालिले सञ्चालन गरेको खबरहब डिजिटल पत्रिकाले मोबाइल प्रयोगकर्ताको सहजताका लागि ‘खबरहब एप’ प्रयोगमा ल्याएको छ ।

एन्ड्रोइड एप प्रयोगमा ल्याएको खबरहबले आईएसओमा पनि एप ल्याएको हो । प्रयोगकर्ताको माग सम्बोधन गर्न खबरहब एप एन्ड्रोइडसँगै आईओएसमा पनि सार्वजनिक गरिएको हो।

यो एपमा नेपाली र अंग्रेजी भाषा छनौट गर्न सेटिङको सुविधा छ। नेपाली समाचार प्राप्त गर्न चाहनेले सेटिङबाट नेपाली र अंग्रेजी पाठकले अंग्रेजी छनौट गर्नुपर्नेछ।

खबरहब एपको आईओएसमा डाउनलोड गर्नका लागि यो लिंकमा र एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुपर्नेछ। अथवा एन्ड्रोइड र आईओएसमा गई खबरहब सर्च गरेर पनि प्राप्त गर्न सकिनेछ ।

खबरहब एपमा समाचार, रिपोर्ट, विचार, खेलकुद, मनोरञ्जन, राशिफल, नेपाली पात्रो, शेयर बजार, रेडियो, विदेशी मुद्रा, सुनचाँदीको मूल्य, मिति परिवर्तन, युनिकोड लगायतका फिचर पनि समावेश छन् ।

खबरहबका अधिकांश सामग्री सहज रुपमा एकै ठाउँमा प्राप्त गर्न एपले सहज बनाउनेछ। एपमार्फत महत्त्वपूर्ण ब्रेकिङ समाचारका लागि पाठकलाई नोटिफिकेसनमार्फत सूचना समेत दिने व्यवस्था मिलाइएको छ । प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार मोबाइल एपमा नोटिफिकेसन सुचारु गर्न र बन्द गर्न सक्नेछन् ।

केही महीना एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरमार्फत प्राप्त गरिरहेको एप लोकप्रियता हाँसिल गरेसँगै आइएसओमा पनि लगिएको हो। खबरहबको एन्ड्रोइड एप तीन महीनामा नै १६ हजारभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरिसकेका छन् । एपलाई समयसान्दर्भिक परिमार्जन गर्दै लगिने तथा सुविधा र विशेषता पनि थप गर्दै लगिने पेभेलियन मिडिया प्रालिले जनाएको छ।

खबरहबले आफ्ना अधिकांश सामग्री र सुविधा यही एपबाट उपलब्ध गराउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १ : ३१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन