दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

दुर्घटनामा दुई जनाको मृत्यु


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको भिन्दाभिन्दै स्थानमा आइतबार राति भएका  सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको कटहरी गाउँपालिका कटहरी गाउँपालिका–३ मा टिप्परले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा कटहरी–२ का ३७ वर्षीय बच्चु मल्लिकको मृत्यु भएको हो ।

उनको कोशी अस्पताल विराटनगर मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

टिपर चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१४ का २८ वर्षीय मुकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै मोरङकै सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

को १८ प १८०२ नम्बरको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका सुन्दरहरैँचा–६ का ५६ वर्षीय इन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको डीएसपी राईले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १२ : १५ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार