जोनीको घरमा अज्ञात व्यक्तिको यस्तो रमाइलो | Khabarhub Khabarhub

जोनीको घरमा अज्ञात व्यक्तिको यस्तो रमाइलो


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– क्याप्टेन ज्याक स्पेरोको चरित्रमा सारा विश्वमाझ चिनिएका हलिउड अभिनेता जोनी डेपको घरमा एक अनौठो घटना भएको छ ।

हलिउड हिल्समा रहेको यी अभिनेताको घरमा एक अज्ञात व्यक्ति पसेर त्यहाँ रहेका केही खाने कुरा खाएका छन् ।

जीन्यूजमा प्रकाशित समाचारअनुसार छिमेकीले जोनीको घर पछाडि रहेको स्वीमिङ पुलमा एक व्यक्ति टहलिँदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

छिमेकीले प्रहरीलाई खबर गर्नासाथ ती व्यक्ति गेटबाट हामफालेर घरभित्र पसेका थिए ।

प्रहरी जोनीको घरमा पुग्दा ती व्यक्ति नुहाइरहेका थिए । जसकारण उनले प्रहरीले ढोका खोल्नका लागि गरेको आग्रह अस्वीकार गरे ।

ती व्यक्तिले जोनीको घर भित्र रहेको मदिराको स्वाद पनि लिएका थिए । केही समयपछि पक्राउ परेका ती व्यक्तिलाई प्रहरीले ढोका फोडेर घरभित्र पसेको आरोपमा मुद्धा दर्ता गराएको छ ।

यसअघि गत जनवरीमा एक अज्ञात महिला जोनीको घरमा पसेकी थिइन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १२ : ४१ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।